१० बर्ष लगाएर बनाईयो फोहरमा यति सुन्दर पार्क !, जसको कारण धनकुटा भयो नेपालकै पहिलो सफा शहर – हेर्नुहोस् भिडियो सहित

धनकुटा नगरपालिका बाताबरण शाखाका प्रमुख उपेन्द्र खनालसँग गरिएको कुराकानी

धनकुटा खबर, फोहरमैला ब्यबस्थापन केन्द्रको कुरा आउने बित्तिकै सडेगलेका बस्तु फ्याकिने फोहोरी र दुर्गन्धित ठाउँको कल्पना गरिन्छ ।

तर धनकुटा नगरपालिकाले वडानम्वर ६ को सल्लेरीमा संचालनमा आएको फोहर ब्यबस्थापन केन्द ल्याण्डफिल्ड साईट भने फोहरमैला ब्यबस्थापनका लागि सिकाईको थलो बनेको छ ।

धनकुटा नगरपालिकाले मरेका जनावर, मानव शौचालय तथा शहरबाट संकलन गरिएको फोहरको थुप्रो माथिनै फूलवारी सहितको सुन्दर पार्क निर्माण गरेको छ । बाढी र भूक्षयले पारेका ठूल्ठूला खाल्डा पुरेर चिटिक्क परेको पुष्प वाटिका तयार पारिएको छ ।

नगरपालिकाले धनकुटा बजार र हिलेबाट दैनिक संकलन हुने फोहरमा मिसिएर आउँने फलाम, काँच, कपडा, टुटेफूटेका बिद्युतिय सामग्री, प्लाष्टिक बोतलका साथै कार्टुन छानेर बिक्रि गरि बाँकि रहेको फोहरले ‘ल्याण्ड फिल’ आसपासका खाल्डा पुर्दै आएको छ । यसरी धनकुटा नगरपालिकाले फोहरलाइ पुरेर बनाएको पुष्प वाटिकाले भने सबैको ध्यान आर्कषित गरेको छ ।

सफा शहर अभियानलाई सार्थक बनाउन प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाएको धनकुटा नगरपालिकाले घरभीत्रको फोहर न्यूनिकरणका लागि घरैपिच्छे गड्यौला पालन, बायोग्यास र मानव मलमुत्र संकलन गरि कम्पोष्ट मल बनाउने कामलाई प्रोत्साहन गरेको धनकुटा नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले बताउनुभयो ।

यस ल्याण्डफिलका सहयोगका कारण नै धनकुटा गत बर्ष दोस्रो र यो बर्ष नेपालकै पहिलो सफा शहरमा पर्न सफल भएको खनालको भनाई छ । धनकुटा सदरमुकाम र हिलेबाट मात्रै दैनिक १४ टन भन्दा बढि फोहर संकलन हुने नगरपालिकाले जनाएको छ ।

धनकुटा नगरपालिका बाताबरण शाखाका प्रमुख उपेन्द्र खनालसँग ‘कसरी संभब भयो फोहरमा यति सुन्दर पार्क बनाउन ?’ भन्ने बिषयमा धनकुटा खबरका लागि विदुर खबासद्वारा गरिएको कुराकानी भिडियो हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।