जनताले जनताको छोरालाई सम्मान गरेको भन्दै निर्वाचित सांसद राजेन्द्र राईलाई ५१ केजिको मालाले स्वागत !
राईलाई मन्त्रि हुन र जिल्लाको बिकास गर्न आग्रह
धनकुटा खबर । प्रतिनिधिसभाका बिजयी सांसद राजेन्द्र राईलाई नौमति पन्चेबाजाका साथ ५१ केजिको सयपत्री फूलको माला लगाईदिएर बेलहरा बासीहरुले भब्य स्वागत सम्मान गरेका छन ।

प्रतिनिधिसभामा निर्बाचित भएपछि बधाई तथा शुभकामना आदान प्रदान कार्याक्रममा सहभागि हुन धनकुटा नगरपालिका वडा नम्वर ९ बेलहरा डाडाँमा पुगेका सांसद राईलाई वडाअध्यक्ष मनोज (सन्दिप ) रायमाझिको नेतृत्वमा रहेको टोलिले स्वागत सम्मान गरेका हुन ।

यो सम्मान जनताले जनताको छोरालाई गरेको भन्दै जनताको नेता भनेपनि अभिभावक भनेपनि सांसद राई नै भएको वडा अध्यक्ष रायमाझीले बताए ।
सांसद राई जनताका प्रिय नेता भई पन्चायतकालका नेता सुर्यबहादुर थापासँगै एउटै आगनमा पौठेजोरी खेलेर बामपन्थि राजनिति गरेर हुर्किनु भएको बामपन्थि आन्दोलनमा सांसद राईले पुर्याउनु भएको योगदानको कदर गर्दै ५१ केजिको मालाले स्वागत सम्मान गरेको वडा अध्यक्ष रायामाझिले बताए ।

माला लगाई दिएर राईलाई मन्त्रि हुन र जिल्लाको बिकास गर्न आग्रह गर्दै बेलहराबासिहरुले शुभकामना दिनु भयो ।
बेलहराबासिले नौमति पन्चेबाजा बजाएर बिजय जुलुसका साथ सासंद राईलाई स्वागत गरिएको वडा अध्यक्ष रायमाझिले जानकारी दिए । यस अबसरमा बोल्दै सांसद राईले बेलहरामा एर्यरपोट बनाउने र बेलहरा डाडाँ सम्मको बाटोलाई कालोपत्र गर्न बजेटको ब्याबस्था गर्न पहल गर्ने बताएका छन ।
बेलहराको मात्र नभएर धनकुटा जिल्लाकै बिकासकालागि प्रतिबद्ध रहेर अगाडि बढ्ने राईले प्रतिबद्धता जनाएका छन । –


