स्थानिय स्तरका प्रमुखहरूलाई काम काज गर्न सजिलोको लागि धनकुटामा अभिमुखिकरण कार्यक्रम सन्चालन
धनकुटा खबर । स्थानीय सरकार सन्चालन तथा बजेट तर्जुमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम शनिबारदेखि धनकुटामा सन्चालन भईरहेको छ । नेपाल सरकार सघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयको आयोजनामा उक्त कार्यक्रम सन्चालन गरिएको हो ।

प्रदेश नम्वर एकका जिल्लाका गाउपालिका तथा नगरपालिकाका निर्बाचित पदाधिकारि तथा प्रमुख प्रशासकिय अधिकृतहरूकालागि सन्चालन गरिएको उक्त अभिमुखिकरण सोमबार सम्म चल्ने छ । जसबाट स्थानिय स्तरका प्रमुखहरूलाई काम काज गर्न पनि सहज हुने सघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयका उपसचिव प्रशिक्षक डिलाराम पन्थीले जानकारि दिए ।

अभिमुखिकरणको पहिलो दिन सघिय प्रणाली र नेपालमा स्थानिय सरकारका बारेमा, स्थानीय सरकार सन्चालन ऐन २०७४, एक र दुई का साथै स्थानिय तह सन्चालन प्रकृयाका बिषयमा प्रशिक्षण गराईएको पन्थीले बताए ।
त्यस्तै दोश्रो दिन आज बितिय ब्याबस्था तथा आर्थिक कार्य प्रणाली अन्तर सम्बन्धी विषयहरुको व्यबस्थापन, स्थानिय पूर्बाधार बिकास सम्बन्धि मापदण्डहरू, स्थानिय सरकारको बार्षिक बजेट तथा कार्यक्रम तर्जुमाका बिषयमा प्रशिक्षक दिईएको पन्थीले जानकारि दिए ।
उक्त अभिमुखिकरण कार्यक्रममा धनकुटा जिल्लाका सातै वटा स्थानीय तहका प्रमुख , उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, र प्रमुख प्रशासकिय अधिकृतहरूको उपस्थिति रहेको छ ।


