‘भिरगाउँ स्थित विद्यालयलाई ७ लाख दिने’

धनकुटा खबर । धनकुटा नगरपालिका वडा नं २ भिरगाउँ स्थितको श्रीमान टंक माद्यमिक विद्यालयले आज आफ्नो ६४ औ वार्षीकोत्सव मनाएको छ ।

धनकुटा नगरपालिकाका प्रमुख मेयर चिन्तन तामाङ्गको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल तामाङ्गको अध्यक्षतामा सञ्चालित कार्यक्रमको वीच विद्यालयले वार्षीकोत्सव मनाएको हो ।

वार्षिकोत्सव कार्यक्रमलार्य सम्वोधन गर्दै मेयर तामाङ्गले विद्यालयले योजना प्रस्तुत गरेको खण्डमा नगरपालिकाले ५ देखी ७ लाख वजेट विद्यालयलाई दिने वताउनुभएको विद्यालयका प्रधानाध्यापक वासुदेव निरौलाले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रधानाध्यपक निरौलाले विद्यालयको समग्र आर्थिक तथा शैक्षिक नीति कार्यक्रम प्रस्तुत गर्नुभयो । सोही अवसरमा विद्यालयको १ देखी ५ सम्मका विद्यार्थीहरुलाई मनमाया महरा अक्षकोष मार्फत ड्रेस र आफ्नो व्यक्तिलगत तर्फवाट टाई र वेल्ड अक्षकोष निर्माणकर्ता हर्क वहादुर परियारले वितरण गर्नुभएको थियो ।

त्यस्तै गरी वखत वहादुर तिलक कुमारी अक्षकोषको २ लाख ५१ हजार को व्याज मार्फत मावि तहमा उत्कृष्ट अंक ल्याई उत्र्तीण भएका एक जना छात्रा र एक जना छात्र लार्य जनही २८ सय को दरले नगद पुरस्कार प्रदान गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।