शैक्षिक सत्र शूरु भएको ९ महिना बितिसक्दा पनि मुढेवासका विद्यार्थीहरुले अझै किताव पाएनन

धनकुटा खबर । नयाँ शैक्षिक सत्र शूरु भएको ९ महिना वित्न लाग्दा पनि चौविसे गाउँपालिका २ स्थितको संयुक्त माद्यमिक विद्यालय मुढेवास टोक्रोम्वा कक्षा ९ र १० का विद्यार्थीहरुले अर्थशास्त्र किताव पाउन सकेका छैनन् ।

किताव नपाउदा विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको छ । विद्यालयमा अर्धवार्षिक परिक्षा सकिसक्दा सम्म आवश्यक किताव आफुहरु सँग नहुँदा परिक्षा दिन समस्या भएको विद्यार्थीको गुनासो छ ।

आफुहरुले आवश्यक किताव नपाउँदा सोचे अनुसारको परिक्षा समेत लेख्न नपाएको उनीहरुले गुनासो गरेकाछन् । यता विद्यायका सहप्रधानाध्यापक तथा सूचना अधिकारी मान वहादुर वस्नेतले पनि यो किताव विद्यार्थीहरु सँग नभएको भन्नेवारेमा आफुले अर्धवार्षिक परिक्षा शूरु हुनु भन्दा केही दिन अघि मात्र थाह पाएको वताउनुभयो ।

आफुहरु सँग पुराना किताव नभएको र अघिल्लो वर्षका विद्यार्थीहरुले वुझाउन पनि नल्याएको कारण वढी समस्या भएको भन्दै उहाँले अव अर्धवार्षिक परिक्षा सकिएपछि अहिले विद्यालय विदा रहेको र आउदो आईतवार देखी विद्यालय लागे सँगै सो किताव विद्यार्थीहरुलाई उपलव्ध गराउन पहल गर्ने वताउनुभयो ।

यता यो विषयमा जिल्ला शिक्षा अधिकारी राम वहादुर थापा सँग वुझ्दा किताव पुगेको छैन भन्ने कुरा आफुहरुको रिर्पोट नै नभएको भन्दै किताव नपाएको वारेमा विद्यालयले आफुहरुलाई जानकारी नगराएको वताउनुभयो ।

कार्यलयले किताव खरिदका लागि अगाडी नै विद्यलयलाई पैसा उपलव्ध गराईसकेको जानकारी दिनुहुदै अधिकारी थाले अहिले सम्म विद्यार्थीहरुले किताव नपाउनु सम्वन्धित पक्षको कम्जोरी भएको वताउनुभयो ।

संयुक्त मावि को कक्षा ९ मा ५१ जना र १० कक्षामा ३४ जना विद्यार्थी अध्यनरत छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।