समाचार प्रभाब : मिलाउन खोजिएको बलत्कारको मुद्धा पुनः दर्ता, के बलात्कृत अपाङ्ग युवतीले पाउलिन त न्याय ?

धनकुटा खबर । सामुहिक बलात्कारमा परेर झगडाको मुद्दामा मिलाउन खोजिएकी धनकुटाकी एक अपांग महिलाको मुद्दा पिडककी आमाले पुन प्रहरीमा दर्ता गराएकी छिन् ।

पाख्रीबास नगरपालिका स्थित एक गाउँकी बोल्न नसक्ने अपांगता भएकी ३० बर्षिया तामाङ्ग थरकी यूवती शुक्रबार सामुहिक बलात्कार भएको थियो । उक्त घटनाको जानकारी शनिबार प्रहरीलाई दिएपनि आईतबार जिल्ला प्रहरी कार्यालयमा कुटपिटको मुद्दामा मिलापत्र भएको थियो ।

पिंडककी आमाले पाख्रीबास मुगाका टेके तामाङ्ग र भाईजा तामाङ्ग बिरुद्ध प्रहरीमा मुद्दा दायर गरेकी छिन् ।

जिल्ला प्रहरी कार्यालयका एसपी सुदिपराज भण्डारी करणीको उजुरी परेपछि बलात्कृत युबतीलाई परिक्षणकालागि अस्पताल लगिएको जानकारी दिए । स्वास्थ्य परिक्षणको रिर्पोट आएपछि मात्र दोषिलाई पक्राउ गरिने प्रहरी प्रमुख भण्डारीको भनाई छ ।

यस घटना कुटपिटमा मिलेको खबर पाएपछि धनकुटा खबरले केहि दिन अघि यसबारे समाचार बाहिर ल्याएको थियो । अब मुद्दाले कुन मोड लिन्छ त्यो हेर्न बाँकी नै छ ।

पीडितको बारे उनकी आमासँग केहिदिन अघि गरिएको कुराकानी हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।