२ समुह बीच झगडा र कुटपिट पछि धनकुटा आँखिसल्लाका एक युवक बेपत्ता

धनकुटा खबर । आपसी झगडा र कुटपिट पछि धनकुटा खाल्सा छिन्ताङ्ग सहिदभूमि गाउँपालिकाका एक यूवा बेपत्ता भएका छन् ।

गाउँपालिकाको थलथले र पिल्लेको सिमानामा रहेको पानीटारमा आपसी बिवादका कारण २ समुह बीच भएको झगडापछि वडा नं.६ का बर्ष ३८ का प्रदिपराई बेपत्ता रहेका छन् ।

बेपत्ता भएका राई सग रहेका ४ जना र अन्य ८ जनाको समुह बीच बुधबार बेलुका भएको उक्त झगडाको घटना पछि अम्रिसो घारीमा राईको मोबाईल र जुत्ता भेटिए पनि मानिस बेपत्ता भएको थलथले प्रहरीले जानककारी दिएको छ ।

बेपत्ता भएका राईका अन्य तीन साथीहरु सम्पर्कमा आएपनि अर्को समुहका कविराज राई र साजन राई लगाएत सबै फरार रहेकाले घटना गम्भिर हुन सक्ने थलथले प्रहरीका असई धनपति विमलीले जानकारी दिनुभयो ।

उक्त घटनामा संलग्नहरुको खोजिकार्य र अनुसन्धान भईरहेको थलथले प्रहरीलाई उध्रित गर्दै सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।