भारतमा मजदुरी गरी घर फर्किने क्रममा भारतीय बजारमा लुटिए दुई नेपाली

कञ्चनपुर, १३ पुस । भारतमा मजदुरी गरी घर फर्किने क्रममा दुई नेपाली सिमावर्ती भारतीय बजार वनवासामा आज लुटिएका छन् ।

लुटिनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ८ फुलेलिएका २७ वर्षीय तेजबहादुर ऐर र अर्का उनकै छिमेकी रहेका छन् । दुवै जना भारतको नयाँ दिल्लीमा तीन महिना मजदुरी गरी घर फर्कदै गर्दा भारतीय सिमावर्ती बजार वनवासास्थित आम बगैँचा नजिक लुटिएका हुन् ।

“अपरिचित मोटरसाइकलमा आएका चार जनाले चक्कु देखाए,” पीडित ऐरले भन्नुभयो, “दुवै जनासँग रहेको मोबाइल, ज्याकेट, झोला र मजदुरी गरेर कमाएको नगद रु २० हजार भारतीय रुपैयाँ लुटेर लगेका छन् ।

बालबालिका र घर परिवारका लागि ल्याएको कपडासमेत लुटेराले लुटेर लगेको उहाँले बताउनुभयो । लुटपाटपछि बेखर्ची भएका दुवै जना ३५ किलोमिटरको यात्रा पैदल नै तय गर्दै घर पुगेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।