अपडेट : ‘अपांग महिला सामुहिक बलात्कार’ अभियुक्त फरार
धनकुटा खबर । सामुहिक बलात्कारमा परेर झगडाको मुद्दामा मिलाउन खोजिएकी धनकुटाकी एक अपांग महिलाको मुद्दा पीडितकी आमाले पुनः प्रहरीमा दर्ता गराए लगत्तै अभियुक्तहरु फरार रहेका छन् ।

पीडितकी आमाले पाख्रीबास मुगाका टेके तामाङ्ग र भाईजा तामाङ्ग बिरुद्ध प्रहरीमा मुद्दा दायर गरेपछि अभियुक्तहरु फरार रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी राजभण्डारीले जानकारि दिए ।
धनकुटामा करणीको मुद्धा बढ्नुको खास कारण फितलो अनुसन्धान रहेको स्थानियबासीको भनाई छ ।
यो पनि हेर्नुहोस् :
– अपांग युवतीलाई लखेटी–लखेटी सामुहिक बलात्कार !, प्रहरी भन्छ- कुटपिटको घटना
उक्त घटना कुटपिटमा मिलेको खबर पाएपछि धनकुटा खबरले केहि दिन अघि यसबारे समाचार बाहिर ल्याएको थियो । त्यसै घटनामा आधारित पीडितकी आमासँग गरिएको कुराकानी भिडियो हेर्नुहोस्


