अपडेट : २ समुह बीच झगडा र कुटपिट पछि बेपत्ता भनिएका धनकुटा आँखिसल्लाका युवक घाईते अबस्थामा फेला
धनकुटा खबर । आपसी झगडा र कुटपिट पछि धनकुटा खाल्सा-छिन्ताङ्ग सहिदभूमि गाउँपालिकामा बेपत्ता भनिएका युवक आखिसल्लाको बाटोमा घाईते अबस्थामा फेलापरेका छन ।
आखिसल्लाको रोयलमाउन्टेन भन्ने ठाउँबाट जिप चढि आएको र गाह्रो भई बिचबाटोमै उत्रेको बताएका राईलाई आखिसल्लाको बाटोबाट प्रहरिले गाडिमा हाली जिल्ला अस्पताल पुर्याएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुदिपराज भण्डारीले जानकारी दिए ।
कुटपिटपछि गंभीर घाईते भएका ३८ बर्षीय प्रदिप राईलाई उपचारलागि जिल्ला अस्पताल धनकुटामा ल्याईतापनि उपचार हुन नसकेकोले न्युरो अस्पताल बिराटनगरमा लगिएको छ । घाईतेको टाउकोसहित शरिरका अधिकांस भागमा चोट लागेकोले उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ ।
स्थानीय पानीटारमा भएको भलिबल खेलको बिषयलाई लिएर आपसी झगडा उत्पन्न भएको अनुमान गरिएको छ । कुटपिटमा संलग्न ब्याक्तिको अनुसन्धान भैईसकेको भएता पनि भोलि शुक्रबारमात्र नाम सार्बजनिक गर्ने एसपिले जानकारी दिए ।
स्थानीय कविराज राई, मधु राई, बिसाल राई, अमित राई, साजन राई लगायत करिव १८ जनाको समुहले कुटपिट गरेर राईलाई झाडीमा फालेको हुँनसक्ने आँखिसल्ला प्रहरीको अनुमान छ ।
यो पनि पढ्नुहोस् – २ समुह बीच झगडा र कुटपिट पछि धनकुटा आँखिसल्लाका एक युवक बेपत्ता

