फुडफेस्टिबल सहित पर्यटकीय स्थल भेडेटारमा महोत्सव मनाउने तयारी पुरा
धनकुटा खबर । अङ्ग्रेजी नयाँबर्ष २०१८ को अबसर पारेर हर्ष उल्लासका साथ फुडफेस्टिबल सहित पर्यटकीय स्थल भेडेटारमा महोत्सव मनाउने तयारि पुरा भएको छ ।
हरेक अङ्ग्रेजी नयाँ बर्ष को अबसरमा मनाईदै आईएको भेडेटार महोत्सव आगामी आईतबारबाट संचालन हुने भेडेटार फुटफेस्टिबल महोत्सब मंगलबार सम्म संचालन गरि मनाईने भएको महोत्सब आयोजक समितिका संयोजक लिला लावतिले बताउनु भयो ।
स्थानिय रुपमा उत्पादित साग सब्जि, फलफुल, स्थनिय क्षेत्रमा पाईने सजावटकालागि फुलका बिरुवा लगायतका लोकल खाध्यबस्तुहरुका अलबा स्थानिय स्तरमा निमार्ण गरेका घरेलु हस्तकलाका सामाग्रीको समेत प्रर्दशनिका साथै बिक्रि बितरण गरिने महोत्सब आयोजक समितिले जनाएको छ ।
छैटौ महोत्सवका रुपमा आयोजना गर्न लागिएको महोत्सव भेडेटारमा प्रर्यटक प्रर्बधनको आर्कषण बढाउन नयाँ बर्षको अबसर पारेर सो महोत्सव संचालन गरिन लागेको अरुणभ्यालिका संचालक बिष्णु श्रेष्ठले बताउनुभयो ।
यस क्षेत्रमा रहेका स्थानिय जाति मध्येका पाँच जातिका परम्परागत तबरबाट तयार गरिएका खानेकुराहरुको प्रर्दशन एवंम् बिक्रि गरी सोहि स्थानमा खानपाउने ब्याबस्था समेत गरिएको समितिले जानकारी दिएको छ ।
महोत्सबमा १० वटामात्र स्थल रहने भएतापनि नजिक रहेका दायाँ र बायाँका होटलहरुमा समेत आ आफ्नै तरिकाबाट स्टल निमार्ण गरी संचालन गर्न सकिने भेडेटार महोत्सब आयोजक समितिका सचिब जितेन्द्र रुम्जालिले बताउनु भयो ।
भेडेटार, नाम्जे, नमस्ते झरना लगायतका स्थानहरुमा रहेका होटलहरुमा १ करोड बराबर कारोबार गर्नुका साथै २५ देखि ३० हजार सम्म पर्यटक भित्र्याउने लक्ष्य रहेको होटल एसोसियसनले आयोजना गरेको भेडेटार महोत्सबका आयोजक समितिका संयोजक लावतिले जानकारी दिनु भयो ।
स्थानिय सांस्कृतिक कलाकारहरुले पहिलोदिनमा आफ्नोकला प्रर्दशन गर्नुका साथै गरिमा डान्स सेन्टरको समेत प्रस्तुति रहने छ भने सोमबार राष्ट्रिय कलाकारको उपस्थितिमा सांस्कृतिक र्कार्यक्रम संचालन हुने आयोजक समितिका संयोजक लावतिले बताउनुभयो ।
प्रदेश नम्वर एकको राजधानी बन्न उपयुत्त देखिएको कोशि अञ्चलमा रहेको धनकुटा जिल्लामा अबस्थित भेडेटारमा हुन लागिरहेको महोत्सवमा आउने पर्यटकहरुलाई भेडेटारमा रहेका पाथिभरा मन्दिर, साँघुरीगढि, शंखेश्वर महादेब, आत्माघर, नमस्ते झरना, थुम्कि बौद्धबिहार, मगर, राई र लिम्बुको होमस्टे, राजारानी तालका साथै नागबेलि पार्क समेतको अवलोकलन गराई पर्यटन प्रर्बद्धन गर्नका साथै आर्थिक उपार्जन गराउने लक्ष्यकासाथ उक्त महोत्सव संचालन गर्न लागिएको समितिका सचिब रुम्जालिले बताउनु भयो ।


