हिलेमा घाईते मृग भेटियो !
धनकुटा खबर । धनकुटाको हिलेमा एक घाईते मृग भेटिएको छ । स्थानियहरुले उक्त मृगलाई लखेटेको कारण मृग घाईते हुन पुगेको हो । स्थानियको सहयोगमा घाईते मृगलाई सुरक्षाका लागि ईलाका प्रहरी कार्यलय हिलेमा पुर्याईएको थियो ।

बन्यजन्तुको संरक्षक बन कार्यालय भएको भन्दै उक्त मृगलाई जिल्ला बन कार्यालय धनकुटामा पठाएको ईलाका प्रहरी कार्यालय हिलेले जानकारी दिएको छ ।
जौटार सामुदायिक बन वा आईतबारे सामुदायिक बन कतैबाट उक्त जनावर निस्कन सक्ने ईलाका बन कार्यालयका बन रक्षकले बताए ।
घाईते मृगलाई जिल्ला पशु सेवा कार्यालय धनकुटाका प्राबिधिकको सहयोगमा पशु सेवा कार्यालयका प्रमुख डाक्टर झपिन्द्र मरासिनिले सामान्य उपचार गरी पुनः जिल्ला बन कार्यालयमा पठाईएको र थप उपचार शनिबार गरिने जिल्ला बन अधिकृत कृष्ण प्रसाद वस्तीले बताए ।
ईलाका बन कार्यालय चुलिबनका बन रक्षक गोबिन्द खत्रि र याम आलेको टोलिले बन कार्यालयको पत्र सहित पसु सेवा कार्यालयमा उपचारकोलागि पुर्याई उपचारत रहेको मृग बन कार्यालयमा रहेको वस्तीले बताएका छन ।


