वाह माओवादी वाह !, आमाको नाममा नागरिकता, श्रीमानका नाममा सांसद !

काठमाण्डौं । कुनै बेला माओवादीले सामाजिक जागरणको विषयलाई आफ्नो प्रमुख मुद्दा बनाएको थियो ।

आकर्षक मुद्धाहरुकै कारण माओवादी सशस्त्र जनयुद्दमा प्रत्यक्ष वा परोक्ष रुपमा धेरै ठूलो संख्यामा मानिस सहभागी भए । माओवादीका धेरै आकर्षका नारामध्ये एउटा थियो, छोरा सरह छोरीलाई सम्पत्तिमा समान अधिकार र आमाको नाममा नागरिकता । नयाँ संविधानले ती मुद्दाहरुको सम्बोधन पनि ग¥यो । छोरा र छोरीबीचमा सामाजमा हुने विभेद क मगर्न उक्त नाराले धेरै सकारात्मक भूमिका पनि खेलेको छ ।

तर, हिजो बाबु वा श्रीमानको नामबाट पाएको वा पाउने परिचयमा चित्त नबुझाएर विकल्प खोज्ने कामको अगुवाई गरेका माओवादीहरुकै घिन लाग्दो व्यवहारबाट धेरै आजित भएका छन् । आमाको नाममा नागरिकताको नारा दिने माओवादीभित्र एउटा उत्ति सुन्न थालिएको छ, ‘आमाको नाममा नागरिकता, श्रीमानका नाममा सांसद ।’ समानुपातिक सांसद चयनमा नेताहरुले देखाएको परिवारवादलाई ब्यङ्ग्य गर्न श्रीमानका नाममा सांसद शब्द प्रयोग गरिएको हो । र उक्त उक्ति प्रयोग भएको हो, माओवादी केन्द्रका नेता देव गुरुङ पत्नि यशोदाका लागि । यशोदा माओवादीकी पुरानै नेतृ हुन् । यसअघि अन्तरिम व्यवस्थापिकामा सांसद रहेकी सुवेदी पहिलो संविधानसभामा समानुपातिक सभासद् थिइन् । मोहन वैद्यको नेतृत्वमा पार्टी विभाजित हुँदा गुरुङ दम्पत्तिले वैद्यलाई साथ दिएका थिए । रामबहादुर थापा बादल नेतृत्वमा उनीहरु दुवै पूर्वपार्टीमा फर्किए ।

चाखलाग्दो त के छ भने सुवेदी ब्राम्हणपुत्री हुन् । जनयुद्धअघि नै उनीहरुबीच अन्तरजातीय प्रेम विवाह भएको हो । सुवेदीले यसअघि कहिल्यै श्रीमानका नामबाट चिनिन चाहिनन् । राजनीतिमा लागेका अझ त्यसमा पनि माओवादीका महिला नेतृहरु आफ्नो परिचय श्रीमानसँग जोडियो भने रिसाउँछन् । आफूले गरेको योगदानको अपमान र अवमूल्यन गरेको ठान्छन् । तर, पद पाउनका लागि भने श्रीमानको आड लिन्छन् । त्यसको ज्वलन्त उदाहरण सुवेदी भएकी छन् । उनले यसअघि कहिल्यै आफ्नो थर गुरुङ लेखेकी छैनन् । तर, सांसद खान भने उनले गुरुङ लेखिन् । सरकारी कामकाजमा माइती र श्रीमान दुवैतर्फको थर लेख्ने प्रचलन पनि छ । तर, त्यसो गर्दा पहिला माइतीतर्फको लेखिन्छ र पछि श्रीमानको । त्यस्तोमा यशोदाको थर पहिला सुवेदी र पछि गुरुङ हुनुपथ्र्यो । तर, उनले पहिला गुरुङ र पछि मात्र सुवेदी लेखेकी छन् । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ उनको नाम प्रदेश नम्बर–४ बाट छ । माओवादीले उनलाई सांसद बनाउनका लागि निर्वाचन अयाोगमा नाम सिफारिस गरेको छ ।

माओवदाीले समानुपातिकमा पाएको १७ सिटमध्येबाट १५ जना महिला अनिवार्य सांसद हुनुपर्ने छ । पाँच जना आदिवासी जनजाति महिला कोटाबाट जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्तीमगर र यशोदा गुरुङ सांसद बन्ने पक्काजस्तै छ । यशोदाका श्रीमान देव गुरुङ लजमुङबाट संघीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएका छन् । बाहुनकी छोरीले जनजातिका नाममा सांसद खाएको भन्दै माओवादीमा उनको तीव्र आलोचना भएको छ । गुरुङ र सुवेदी प्रतिनिधिपात्र मात्र हुन् । समाजमा पछि परेका वा पारिएका जाति, वर्ग, क्षेत्र र समुदायलाई लक्षित गरी समानुपातिक निर्वाचन प्रणाली अबलम्बन गरिएको हो ।

तर, दलहरुले समानुपातिकका नाममा विकृति भित्र्याएको आरोपबाट यसपटक पनि मुक्त हुन सकेनन् । समानुपातिकमा अधिकांश यसअघि पटकपटक अवसर पाइसकेका, श्रीमान÷श्रीमती दुवै, नेताका सन्तान, आफन्त छानीछानी सांसद बनाइएको छ । अरु दलमा भन्दा यो रोग माओवादी केन्द्रमा बढी देखिएको छ । नातागोतालाई प्रश्रय दिएकामा माओवादीभित्रको असन्तुष्टि विस्फोटक रुपमा सामाजिक सञ्जालमा पोखिएको छ ।

पार्टीमा उत्तिकै वा त्यो भन्दा बढी योगदान गरेकाहरुलाई श्रीमान नेता नभएकै कारण पछि पारिएकामा महिला नेतृहरु आगो भएका छन् । कतिपय श्रीमान जनयुद्धमा गुमाएका नेतृहरु श्रीमान सम्झेर मर्माहत भएका छन् । ‘मेरो पनि श्रीमान भएको भए आज सांसद बन्न पाउँथें कि ?’, यो प्रतिनिधिमुलक प्रश्नको नेताहरुले जवाफ दिने हैसियत राख्दैनन् । – काठमाण्डू टुडे बाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।