धनकुटाको बसपार्कलाई नमूना बसपार्क बनाउन टेण्डर आब्हान
धनकुटा खबर । धनकुटाको बसपार्कलाई नमूना बसपार्क बनाउन धनकुटा नगरपालिकाले टेण्डर आब्हान गरिएको छ ।

अहिलेको रहेको स्थानमा आधुनिक फुलबारी सहितको हरियाली बसपार्क बनाउन एक करोड बजेट बिनियोजन गरी टेण्डर आब्हान गरिएको नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले बताउनु भयो ।
पर्यटकहरु जिल्ला आउँदा सबैभन्दा पहिला बसपार्क आउने र त्यहि अनुसार जिल्लाको बारेमा धारणा बनाउने भएकाले बसपार्कलाई आकर्षक,सुन्दर र ब्यबस्थित बनाउन लागिएको तामाङ्गले जानकारी दिनुभयो ।


