हरेक शिशुहरुलाई पोषण भत्ता स्वरुप ५ हजार दिने धनकुटाकै नयाँ काम : मेयर पर्शुराम नेपाल (भिडियो सहित)
धनकुटाको महालक्ष्मी नगरपालिकामा नवजात हरेक शिशुहरुलाई पोषण भत्ता स्वरुप ५ हजार दिने काम धनकुटाकै नयाँ काम हो । त्यसका साथै यस नगरपालिकामा अपांगता भएकाहरुलाई निशुल्क ह्वी चियर वितरण,स्त्री रोग सम्बन्धि निःशुल्क उपचार,घर–घरमा सामाजिक सुरक्षा भत्ता पु¥याउने लगाएतका कामहरु भईरहेका छन् ।
यस नगरपालिका धनकुटाको कान्छो र कम बिकसित नगरपालिका भएकोले सडक सन्जाल मार्फत् नगर बिकासको पूर्वाधार तयार पार्न रिङ्गरोड निर्माण शुरु गरिएको मेयर पर्शु नेपालले जानकारी दिनुभयो ।
नेपालका अनुसार लेगुवा–सिम्ले बेंसी –मुगाली गाउँ–अखौंले –कोलचौर गणशटार–आहाले निगुरेटार–मचेपु–मुलखर्क–डाँडागाउँ–चानुवा–दमार–रामबजार हुंदै फेरी सिम्ले जोड्ने यो रिङ्गरोड ८० किलोमिटर लामो योजनामा नगरपालिकाले काम गरिरहेको छ ।
गाउँबाट शहरको बोर्डिङ्गमा पढाउन जाने कुराको अन्त्य गर्न यहिका सरकारी बिद्यालयमा बोर्डिङ्ग जस्तै बनाउन अंग्रेजी माध्यमबाट पढाउने ब्यबस्था मिलाउने योजना शुरु गरिएको छ ।
हरेक बिद्यालयमा वाईफाई सेवा, प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण गर्ने, नगरपालिकामा रहेका दर्जनौ प्राकृतिक र धार्मिक स्थलहरुलाई पर्यटकीय स्थलको रुपमा बिकास गर्ने गुरु योजनाका लागि चालु आर्थिक बर्षमा बजेट बिनियोजन गरिएको छ ।
जडिबुटी उत्पादन,संकलन तथा ब्यपारको लागि योजना,कृषि तथा खानेपानी योजना,पशुपालन तथा तरकारी संकलन केन्द्र तथा चिश्यान केन्द्र निर्माण गर्न अध्ययन शुरु गर्ने क्रममा रहेको छ ।
प्राबिधिक शिक्षाका लागि बिद्यालय र क्याम्पसहरु निर्माण गर्ने योजना बनिरहेको उपमेयर मन्जु अधिकारीले जानकारी दिनुभएको छ ।
हाल सम्म नगरपालिकालाई अबश्यक पर्ने नीति तथा कार्यबिधी बनाएको नगरपालिकाले ९ वटै वडामा कार्यालयहरु खोलेर नियमित सेवा दिईरहेको जानकारी दिएको छ ।
सबै वडाका चौमासिक काम सम्पन्न,वडा र नगरमा कर्मचारी ब्यबस्थापन,सामाजिक सुरक्षा भत्ता घर–भरमा पु¥याईएको,स्वास्थ्य संस्थामा औषधी र डाक्टरको ब्यबस्था गरिएको छ ।
हरेक घरमा खानेपानीको ब्यबस्था,पोखरी तथा मन्दिर मर्मत तथा सुधार,बिद्यालय सुधार कार्यक्रम तथा हरेक वडामा सडक सुधारका कामहरु भईरहेको नगरपालिकाले जानकारी दिएको छ ।
आगामी २ बर्ष भित्रमा नै नगरपालिकालाई जिल्लाकै समृद्ध नगरपालिकाको रुपमा बिकाश गर्न २० अर्व बजेट आवश्यक रहेको मेयर नेपाल बताउनु हुन्छ ।
यसै बिषयमा धनकुटा खबरले तल उल्लेखित सोधेको प्रश्नः
– तपाईं मेयर पदमा निर्वाचित हुनुभएको छ, नगरको समग्र विकासमा तपाईंका योजना के के छन् ?
– यी योजना सम्पन्न गर्न नगरपालिकालाई कति बजेटको आवश्यकता पर्छ र त्यसका स्रोतहरु के के हुन् ।
– अहिले स्थानीय तहले स्थानीय सरकारको रुपमा भूमिका निर्वाह गर्नुपर्ने संवैधानिक व्यवस्था छ, यो भूमिकालाई प्रभावकारी ढंगले सम्पादन गर्न केके चुनौती देख्नुहुन्छ ?
– स्थानीय तहमा राजनीतिक दलहरुलाई विकासको मुद्दामा सहभागी बनाउन तपाईंको भूमिका के हुन्छ ?
– तपाईंको नगरलाई अन्य नगरभन्दा फरक नगरको रुपमा विकास गर्न नगरमा भएका सम्भावनाका क्षेत्रहरु के के हुन् ?
– लामो समयदेखि स्थानीय निकाय कर्मचारीले सञ्चालन गर्दै आइरहेको अवस्थामा हाल जनप्रतिनिधि निर्वाचित भएर आउँदा काम गर्न कर्मचारीसँग समन्वयको समस्या छ कि छैन ?
– अन्त्यमा नगरबासीहरुलाई के भन्न चाहनु हुन्छ ?
जबाफ हेर्नुहोस् भिडियोमा


