के चाहिन्छ भन्नुहोस् हामी पुरा गर्छौ भन्दै जनतालाई यस्तो बचन दिए मेयर पर्शुरामले – हेर्नुहोस् भिडियो
धनकुटा खबर । कन्सेप्ट बनाऊदै जानुहोस् र के चाहिन्छ भन्नुहोस् हामी पुरा गर्दै जानेछौ भन्दै धनकुटा महालक्ष्मी नगरपालिकाका मेयर पर्शुरामले चेतनामुलक अभिब्यक्ति दिएका छन । नगरपालिकाको वडा नं. ३ स्थित डाँडागाउँलाई सरसफाई उन्मूख स्व-घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पर्शुरामले यस्तो बताएका हुन । कार्यक्रममा जिल्ला समनवयन समिति धनकुटाका टंक चौहान, महालक्ष्मि नगरपालिकाका उप–मेयर मन्जु अधिकारी, फनबोर्डका प्रवन्धक टिका अधिकारी,पर्डेप नेपालका अध्यक्ष नरेन्द्र पोखरेल र कार्यकारी निर्देशक नरेश श्रेष्ठले शुभकामना दिनुभएको थियो । कार्यक्रममा जिल्लाकै दोस्रो तथा नगरपालिकाको पहिलो सरसफाई युक्त वडा स्वः घोषणा गर्ने काममा योगदान पु¥याउने बिभिन्न ब्यक्ति तथा संस्थाका प्रतिनीधिहरुलाई सम्मान गरिएको थियो । मेयर पर्शु नेपालले वडाको सबै खाले बिकासमा आफूले सहयोग गर्ने बचन दिएका छन – हेर्नुहोस् भिडियो

