डाँडागाउँका मानिसहरु सुंगुरको मासु चोयामा उनेर बोके झैं पैसाको बिटो बोकेर हिंड्ने गर्छन् : राजेन्द्र राई (भिडियो सहित)
‘महालक्ष्मी नगरपालिकालाई १ अर्ब बजेट’
धनकुटा खबर । प्रतिनीधि सभाका सभासद् राजेन्द्र राईले धनकुटाको महालक्ष्मी नगरपालिकाको समृद्धि र बिकासका लागि नेपाल सरकारबाट १ अर्ब बजेट बिमियोजन गर्न लगाउने बताउनुभएको छ ।
नगरपालिकाको वडा नं. ३ स्थित डाँडागाउँलाई सरसफाई उन्मूख स्वः घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै राईले यस्तो बताउनुभएको हो ।
राईले भन्नुभयो–‘यो नगरलाई एक अर्ब बजेट ल्याउन म पहल गर्नेछु ।’
राईले अब देशको एक मात्र एजेण्डा आर्थिक समृद्धि भएकाले अबको आफ्नो काम नेपाली जनता र धनकुटेली जनताको आर्थिक समृद्धि भएको बताउनुभयो ।
समाजमा आर्थिक समृद्धि भए गाउँ,नगरको बिकास संगै क्रमशः आफै सरसफाई उन्मूख भएर जाने राईको धारणा थियो ।
सो अबसरमा वडा अध्यक्ष भरत थापाले वडाका ४२६ घर सरसफाई उन्मूख भएको जानकारी गराउनुभएको थियो ।
फनबोर्ड काठमाण्डौको आर्थिक सहयोग तथा पर्डेप नेपाल,धनकुटाको सहकार्यमा सम्पन्न उक्त स्वः घोषणा कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर पर्शु नेपालले वडाको सबैखाले बिकासमा आफूले सहयोग गर्ने बचन दिनुभयो ।
कार्यक्रममा जिल्ला समनवयन समिति धनकुटाका टंक चौहान,महालक्ष्मि नगरपालिकाका उप–मेयर मन्जु अधिकारी,फनबोर्डका प्रवन्धक टिका अधिकारी,पर्डेप नेपालका अध्यक्ष नरेन्द्र पोखरेल र कार्यकारी निर्देशक नरेश श्रेष्ठले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा जिल्लाकै दोस्रो तथा नगरपालिकाको पहिलो सरसफाई युक्त वडा स्वः घोषणा गर्ने काममा योगदान पु¥याउने बिभिन्न ब्यक्ति तथा संस्थाका प्रतिनीधिहरुलाई सम्मान गरिएको थियो ।


