अहिलेसम्म एमाले–माओवादी एकता हुन नसक्नुको कारण यस्तो पो रहेछ…

काठमाण्डौ, १९ पुस । बिमाओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको एकीकरणमा सैद्धान्तिक र वैचारिक समस्या नरहेको उल्लेख गर्दै संगठन व्यवस्थापनमा भने केही गृहकार्य आवश्यक रहेको बताएका छन्।

माओवादी केन्द्रीय कार्यालयको मंगलबारको बैठकमा पार्टी एकता र अहिलेको राजनीतिक अवस्थाबारे जानकारी दिँदै दाहालले एकता प्रक्रियाका लागि शीर्ष नेतृत्वमा छलफल भइरहेको उल्लेख गरे।

छलफलमा आएका एकताका विकल्पबारे भने उनले स्पष्ट जानकारी बैठकलाई दिएनन् । उनले एमाले अध्यक्ष केपी ओलीसँग भेटी एकता संयोजन समितिको बैठकबाट मात्र एकतासम्बन्धी विकल्पको ठोस खाका आउने उल्लेख गरे। ओली अस्वस्थ भएकाले केही दिनयता उनीसँग छलफल नभएको तर बुधबारबाटै कुराकानी अघिबढ्ने जानकारी पनि दाहालले बैठकमा दिए।

माओवादीभित्र एमालेसँग एकता गर्दा अध्यक्ष पद आफूले लिनुपर्ने दबाब छ। माओवादीको यसअघिको बैठकले सम्मानजनक एकता हुनुपर्ने निर्णय गरेको थियो। एकता प्रक्रियामा जाँदा मुख्य नेताहरूको पदीय व्यवस्थापनलाई विशेष ख्याल गर्ने उल्लेख थियो। सिद्धान्तका सम्बन्धमा एमालेले ‘जनताको बहुदलीय जनवाद ९जबज० र माओवादीले ‘माओवाद’ मान्दै आएका छन्।

तर, दुवै पार्टीका यसअघिका महाधिवेशनले तयार गरेका दस्तावेजमा वैचारिक निकटता छ। त्यसैले सिद्धान्त र विचारले एकता प्रक्रियामा अडन नआउने दाहाललगायत नेताको बुझाइ छ। बैठकमा पनि दाहालले संगठन व्यवस्थापनको गृहकार्यलाई बढ्ता जोड दिएका हुन्। – कान्तिपुबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।