प्रदेश नं. १ को राजधानी विराटनगर तोक्ने सरकारी तयारीको विरुद्ध धनकुटामा आमहड्ताल, ३ वटा गाडी तोडफोड

धनकुटा खबर । प्रदेश नं. १ को राजधानी विराटनगरलाई तोक्ने सरकारी तयारीको विरुद्ध धनकुटाबासीले बुधबार आम हड्ताल गरी ३ वटा गाडीमा तोडफोड गरेका छन् ।

कोशी पहाडी जिल्लालाई असर गर्नेगरी गरिएको आम हड्ताल धनकुटालाई राजधानी तोकिए मात्रै रोकिने बताईएको छ । धनकुटाको जिरोप्वईन्ट, आत्मारा, सल्लेरी र हिले बजारमा आन्दोलनकारीले सडकमै ढुकेर यातायात बन्द गराएका हुन् ।

आन्दोलनकारीले काठमान्डौबाट भोजपुर हिडेको ना१ज ६४११ नम्बरको टाटासुमो, जल उत्पन्न प्रकोप कार्यालयको को१झ १६९ नम्बरको र मोरङ कारागारको को१झ ४८३ नम्बरको गाडी तोडफोड गरेका छन् । गाडी सिसा फुटाएपनि तत्काल प्रहरी पुगेकाले थप क्षती हुनबाट जोगिएको छ ।

त्यसैगरी राजधानी प्राप्ती आन्दोलन सघर्ष समितिले ५ बजे पछि राती १२ बजे सम्म यातायात खोल्ने निर्णय गरेको छ । जिरोप्वईन्टमा कोणसभा गरेर बन्द खुलेको जानकारी गराउदै भोली विहिबार देखि निरन्तर बन्द जारी रहने संघर्ष समितिका संयोजक सांसद निरन राईले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।