आन्दोलनमा एमाले धनकुटाको ऐक्यवद्धता (विज्ञप्ती सहित)

मोटरसाईकल समेत चल्न नदिंदा जनजीवन प्रभावित

धनकुटा खबर । धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउनुपर्ने माग राख्दै चलिरहेको आन्दोलनलाई नेकपा एमाले धनकुटाले ऐक्यवद्धता जनाएको छ । पार्टीले बुधबार पत्रकार सममेलन माफ् बिज्ञप्ती जारी गर्दै भनेको छ–‘धनकुटालाई राजधानी बनाउने आन्दोलनमा नेकपा एमाले धनकुटा हार्दिक ऐक्यवद्धता प्रकट गर्दछ ।’

पार्टीका जिल्ला अध्यक्ष राजेनद्र राईद्वारा हस्ताक्षरीत उक्त बिज्ञप्तीमा १८४० देखि धनकुटा पूर्वाञ्चलको सदरमुकाम रहंदै आएको सामरीक महत्व र भौतिक पूर्वाधारले पूर्ण भएको पनि राजधानी बनाउनुपर्ने माग गरिएको छ ।

प्रतिनीधि सभाका सभासद् समेत रहेका अध्यक्ष राईले प्रदेशको राजधानी प्रदेश सभाको दुई तिहाई बहुमतले तोक्ने संवैधानिक प्रावधान भएपनि जनताको मागलाई ध्यान दिंदै अहिलेलाई अस्थाई राजधानी धनकुटा नै हुनुपर्ने माग राख्नुभयो ।

राजधानी नदिए सम्म आन्दोलन जारी रहने जनाएको संघर्ष समितिले आम हडताल गरेर धनकुटाका बिभिन्न स्थानह?मा भेला भएर मोटरसाईकलाई समेत रोक लगाएका छन् ।

आम हडतालका कारण धनकुटा भएर चल्ने तेह्रथुम,भोजपुर र ताप्लेजुङ्ग चल्ने सवारी साधनह? ठप्प रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।