भारतले लगायो नेपाललाई ठूलो गुण !, केन्यामा बन्दी बनाइएका ७ नेपाली चेलीको गरिदियो उद्दार !
काठमाण्डौ, २० पुष । भारतले केन्यामा बन्दी बनाइएका ३ भारतीय र ७ नेपाली चेलीलाई उद्दार गरेको छ ।

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले आफ्नो ट्वीटर मार्फत सो कुरा सार्वजनिक गरेकी छन् । विहिवार विहान भारतीय समय अनुसार ९ : ४० एम वजेको समयमा उनले आफ्नो ट्वीटरमा सो उल्लेख गरेकी छन् । उनले ट्वीटरमा केन्यामा बन्दी बनाइएका ७ सात नेपाली युवतीको उद्दार भएको बताएकी छन्।
विदेश मन्त्री सुष्मा स्वराजले जनाए अनुसार मोम्बासामा पासपोर्ट र फोन लुटेर बन्दी बनाइएका ती नेपाली युवतीको उद्दार गरिएको हो ।
उनले ट्वीटरमा लेखेकी छन्,- “हामीले तीन भारतीय युवतीहरुलाई केन्याबाट उद्दार गरेका छौं । यी युवतीहरु एक अपराधिक समुहद्धारा ओसारपसार गरिएका पीडित थिए । सात नेपाली युवतीलाई पनि उद्दार गरिएको थियो । उनीहरुको फोन र पासपोर्ट खोसेर केन्याको मुम्बासा भन्ने ठाउँमा बन्धक बनाएको अवस्थामा पाइएका थिए ।”



