दलहरुले तालाबन्दी गरे लगत्तै प्रशासकले फुटाए !
धनकुटा खबर । राजधानीको माग गर्दै धनकुटाका राजनैतिक दलहरुले ताला लगाएको १ घण्टा पनि नबित्दै क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहले ताला फुटाईदिएका छन् ।

प्रदेश नं.१ को राजधानी धनकुटा हुनुपर्ने माग गर्दै प्रतिनीधि सभाका सभासद् राजेन्द्र राईको नेतृत्वमा क्षेत्रीय प्रशासन तालाबन्दी गरेर फर्किएपछि ताला खोलेर कार्यालय सुचारु गरिएको थियो ।
राजधानी राख्ने मूल्यांकङ्कन प्रतिवेदन केन्द्रमा पठाउँदा अन्य जिल्लामा राजनैतिक दल र जनप्रतिनीधिहरु राखेर पठाईएको तर धनकुटामा प्रशासकले एकल निर्णय गरेर प्रतिवेदन पठाएको आन्दोलनकारीको आरोप छ ।

तर उता प्रशासक सिंहले भने केन्द्रिय सर्भेक्षण टोलीको निर्देशण अनुसार आफूले काम गरेको र उक्त प्रतिवेदनमा आफ्नो कुनै हात नरहेको जानकारी दिए ।
ताला फुटाएको बिषयमा भने सिंहले संन्चारकर्मीहरुलाई ‘थाहा छैन’,‘खै कर्मचारी भित्रै छन्’,लगाएतका उत्तर दिएका छन् ।
बि.सं.१८४० देखि धनकुटा पूर्वाञ्चलको सदरमुकाम रहेकोले अबको नयां संरचनामा पनि धनकुटा नै राजधानी हुनुपर्ने माग राख्दै २१ दिन देखि धनकुटामा आन्दोलन जारी रहेको छ ।


