क्षेत्रीय प्रशासकले गल्ति सुधार गरे आम हड्ताल फिर्ता हुने

धनकुटा खबर । पूर्वाञ्चल क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहले धनकुटाको बिषयमा पठाएको गतल कार्यशैली सुधार गरे आम हडताल फिर्ता लिने आनदोलनकारीहरुले बताएका छन् ।

प्रदेश नं. १ को अस्थायी राजधानी माग गर्दै धनकुटाको आम आमहड्ताल जारी रहेको बेला आन्दोलनकारीहरुले यस्तो बताएका हुन् ।

आन्दोलनका संयोजक तथा प्रदेश सभा क का सभासद् निरन राईले भने ‘प्रदेश नं. १ को अस्थायी राजधानी बनाउनको लागि सिंहले एकल रुपमा पठाएको प्रतिवेदन सुधार गरे आन्दोलनको स्वरुप बदल्छौं ।’

पूर्वाञ्चल क्षेत्रीय प्रशासक सिंहले धनकुटाबासीको अपमान गर्दै जिल्लाको भौतिक पुर्वाधार कम्जोर भनेर सिफारीस गरेकाले अहिलेको समस्य आएको जिल्लाबासीले बताएका छन् ।

पूर्वाञ्चल क्षेत्रीय प्रशासक सिंहले धरान र विराटनगरको सिफारीस गर्दा सर्वपक्षिय बैठक बोलाएर निर्णय गरेका थिए । तर धनकुटाको सिफारीस गर्दा सुरक्षा निकाय र कर्मचारी मात्रै बसेर गरेको सांसद राईले बताए ।

तर उता सिंहले भने सिफारिसमा आफ्नो कुनै हात नरहेको र केन्द्रिय सिफारिस टोलिको क्षेत्राधिकार अनुसार उनीहरुले नै विबरणदिएर गएको बताएका छन् ।

जिल्लाबासीले गएको २२ दिन देखि गरेको आमहड्तालले कोसी पहाडी जिल्लाको जनजिवन प्रभावित हुन थालेको छ भने दैनिक उपभोग्य बस्तुहरुको समस्या देखा पर्न थालेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।