अब धनकुटाका सातै तहका कार्यालय र यातायात २४ घण्टै ठप्प पार्ने
धनकुटा खबर । प्रादेशिक राजधानी धनकुटा वनाऔं अभियान समितिको सर्वदलीय वैठकले धनकुटामा जारी आम हड्ताल २४ सैं घण्टा रहने निर्माण गरेको छ । आन्दोलनका संयोजक प्रदेशसभा सदस्य निरन राईको संयोजकत्वमा शुक्रबार वसेको बैठकले उक्त निर्णय गरेको छ ।

राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि र यूवाहरु सम्मिलित सर्वदलीय वैठकले बजार, यातायात, शैक्षिक संघसंस्था, वित्तिय संघ संस्था, गैसस, सरकारी कार्यालय सँगै जिल्लाका सात स्थानीय तह ठप्प पार्ने निर्णय गरिएको समितिका प्रवक्ता नगेन्द्र राईले बताए ।
विहिवार राती ९ वजेदेखि विहान ५ बजेसम्म सवारीसाधन सञ्चालन भएपनि शुक्रवार विहान देखि सवारी साधन चलाउन पूर्ण रुपमा ठप्प पारियो । शुक्रवार दिनभर पनि धनकुटा बजार पूर्ण रुपमा वन्द नै रह्यो । बजारका, पसल, कलकारखाना सबै ठप्प छन् ।
धनकुटा सदरमुकाम वाहेक हिले, सिँधुवा, जीतपुर बजार सहित गाउँका अन्य बजारमा वन्द भएको थियो । धनकुटा वासी बजार वन्द गराएर दिनभर सडकमा उत्रिएका थिए । एम्वुलेन्स, प्रेस, विद्यालयका र दुध र तरकारी वोकेको सवारी साधन बाहेक कोशी राजमार्गमा अन्य कुनै सवारी सधान गुडेका छैनन् । सवारी साधन नचल्दा कोशी पहाडका धनकुटा सहित तेह्रथुम, संखुवासभा र भोजपुरको जनजीवन प्रभावित भएको छ ।
पर्याप्त सरकारी भौतिक पूर्वाधार र जग्गा भएकोले साविकको पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम समेत भएकाले धनकुटालाई विनासर्त राजधानी वनाउनु पर्ने धनकुटा वासीको माग छ । धनकुटा वासीले धनकुटासँगै प्रधानमन्त्रीको कार्यालय वालुवाटारमा समेत पटक पटक दवावमूलक धर्ना दिइरहेका छन् ।


