धनकुटा बेलहारामा एयरपोर्टका लागि ड्रोन सर्भे शुरु, सिभिल ईन्जिनियर भन्छन,- काम शुरु भएको ५ बर्ष सम्ममा एयरपोर्ट तयार हुन्छ (हेर्नुहोस् भिडियो सहित)
धनकुटा खबर । नेपाल नागरीक उडयन मन्त्रालयले धनकुटाको बेलहारामा एयरपार्ट निर्माणका लागि प्रारम्भिक डिटेल सर्भेक्षण शुरु गरिएको छ ।
साना टुईनेटर बिमानका लागि २०६८ सालमा मन्त्रालयले तेस्रो पटक सर्भेक्षण गरेको थियो । तर लागतको तुलनामा सेवा÷सुबिधा महंगो पर्ने भएकाले पुनः मध्यम स्तरको बिमान स्थलका लागि मन्त्रालयले रियल पाथ ईन्जिनियरिङ्ग कन्सलट्यान्सी, ललितपुर मार्फत् ड्रोन सर्भेक्षण गरेको छ ।
कन्सलट्यान्सीका एयरपोर्ट ईन्जिनियर गुरुदत्त अधिकारीले १२ सय देखि १३ सय मिटर सम्मको धावन मार्गकोे सर्भेक्षण गरिने जानकारी दिए ।
मुआब्जा बाहेक २ अर्व भन्दा बढी लागत अनुमान गरिएको उक्त धावन मार्ग बन्ने भएमा ५० सिट सम्मको बिमान उडान तथा अवतरण गर्न मिल्ने छ । उक्त प्रतिवेदन पछि काम शुरु भए आगामी ५ बर्ष सम्ममा एयरपोर्ट तयार हुने कन्लटेयान्सीका सिभिल ईन्जिनियर उत्सव गौतमले जानकारी दिए ।
धावन मार्ग निर्माण हुंदा धावनमार्गमा पर्ने करिव ५० घर बिस्थाति हुने वडा अध्यक्ष सन्दिप रायमाझीले जानकारी दिए ।
हिउँद र बर्खा दुबै मौसममा हावाको गतिको कुनै रोकावट बिना दुवैतर्फबाट उडान भर्न सकिने बिशेषताको यो विमानस्थल विराटनगर देखि २२ नटिकल माईल, तुम्लिङटारबाट २४ नटिकल माईल र भोजपुर बिमान स्थलबाट १७ दशमलव ७४ नटिकल माईल टाढा रहेको छ ।
सर्भेक्षणका लागि अर्थमन्त्रालयबाट चालु आर्थिक बर्ष ०७४-०७५ मा २ करोड बिनियोजन गरेको छ ।


