प्रदेश सरकारका लागि धनकुटामा मुख्य मन्त्री सहित ११ वटा कार्यालय तोकियो

धनकुटा खबर । धनकुटाका बिभिन्न कार्यालयहरुमा प्रदेश सरकारको ७ वटा मन्त्रालय अन्तर्गतका ११ वटा कार्यालय तोक्दै साईबोर्ड राखिएको छ ।

प्रदेश सभा ‘क’ का सभासद् निरन राईको संयोजन तथा प्रतिनीधि सभाका सभासद् राजेन्द्र राईको नेतृत्वमा आन्दोलनकारीहरुले धनकुटाका विभिन्न कार्यालयहरुमा मुख्य मन्त्री सहितको विभिन्न मन्त्रालयहरुको साईनवोर्ड राखिएको छ ।

जसअन्र्तगत क्षेत्रीय स्वास्थ्य निर्देशनालयको भवनमा मुख्य मन्त्री÷प्रदेश परिषद्, सामूदायिक भवनमा प्रदेशसभा, क्षेत्रीय प्रशासन कार्यालयमा प्रदेश प्रमुखको साईनवोर्ड राखिएको छ ।

यसैगरी सिचाईमा गृह,शिक्षा कार्यालयमा अर्थ,सरकारी वकिल कार्यालयमा शिक्षा, आवास तथा शहरी विकासमा प्रदेश सचिवालय राखिएको छ ।

यसैगरि जिल्ला सहकारीमा आन्तरिक मामिला तथा कानुन,प्राविधिक कार्यालयमा पूर्वाधार विकास,प्राविधिक कार्यालयमा उद्योग,मालपोत कार्यालयमा कृषि, भूमी व्यवस्थापन सहकारी तथा पशु सेवा र सरकारी वकिल कार्यालयमा स्वास्थ्य, शिक्षा तथा सामाजिक स्वास्थ्य, शिक्षा तथा सामाजिक बिकास मन्त्रालयको साईनवोर्ड आन्दोलनकारीले साईनवोर्ड राखेका छन् ।

साईबोर्ड राख्ने कार्यक्रम पछि कोण सभालाई सम्बोधन गर्दै सभासद् राजेन्द्र राईले धनकुटालाई प्रदेशको अस्थाई राजधानी नतोके सम्म धनकुटाका १ लाख ६३ हजार जनताहरु आन्दोलनमा उत्रनु पर्ने बताउनुभयो ।

२४ औं दिन देखि धनकुटामा जारी २४ घण्टे आम हडताल अहिले बिहान ८ बजे देखि बेलुकी ५ बजे सम्म जारी रहेको संयोजक सुन्दबाबु श्रेष्ठले जानकारी दिए ।

यसै क्रममा संघर्ष समितिले अपिल जारी गरेर धनकुटामा राजधानी बनाए राज्यको १० अर्व भन्दा रकम बचत हुने आन्दोलन मुल संघर्ष समिति धनकुटाले अपिल जारी गरेको छ ।

संघर्ष मितिले जिल्लामा रहेको ३ सय ९४ भवन मध्ये धनकुटा नगरपालिका भित्र रहेका ४८ सरकारी भवनहरु प्रदेशको मन्त्रालय राख्ने क्षमता रहेको सार्वजनिक गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।