धनकुटाको आमहडताल फिर्ता, यसरी परिवर्तन गरियो आमहडताल कार्यक्रमको स्वरुप…

धनकुटा खबर । पुस २४ । प्रादेशिक राजधानीको लागि गएको २४ दिन देखि जारी आन्दोलनको क्रममा ६ दिन देखिको आमहडताल फिर्ता लिईएको छ ।

प्रादेशिक राज्यको राजधानी धनकुटा बनाऔं अभियान समितिको सोमवार दिउँसो वसेको सर्वदलीय वैठकले आमहडताल कार्यक्रमको स्वरुपलाई परिवर्तन गरेका हुन् ।

समितिले आमहड्ताललाई मंगलवार १२ देखि १ वजेसम्म जिरोप्वाइटमा चक्का जाम गर्ने र प्रदेश मन्त्रालयमा राष्ट्रिय झण्डा राख्ने समेत निर्णय गरेको छ ।

सरकारले अस्थायी राजधानी धनकुटा नतोकेसम्म संघर्षको कार्यक्रम जारी रहने समितिका प्रवक्ता नगेन्द्र राईले बताए ।

आन्दोलनको स्वरुप परिवर्तन भएसँगै आइतवार साँझ ४ वजेदेखि यातायातको साधन सञ्चालनमा आएको छ भने भोली (मंगलवार) देखि सम्पूर्ण बजार पसल खुल्ला हुने बताइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।