अलैची खेती र ब्यापारको प्रवर्धन गर्न धनकुटामा यस्तो तयारी… (भिडियो सहित)

धनकुटा खबर । अलैची खेती र ब्यापारको प्रवर्धन गर्न ‘अलैची बोर्ड गठन’ गर्ने प्रकृयाको थालनी गरिएको छ । डेनमार्क सरकारले उन्नती परियोजनाको उन्नती परियोजना मार्फत् सन्चिालित बिश्व परिदृष्य वकालत मञ्च(वर्ड भिजन) नेपालले पूर्वी पहाडका ७ जिल्लाबाट यसको सुरुवात गरेको हो ।

अदुवा,अलैची,चिया र दुधको क्षेत्रमा पूर्वी पहाडका ७ जिल्लामा मूल्य श्रंखलाको क्षेत्रमा सन्चालन गरेको यस परियोजनाले बिभिन्न जिल्ला पछि धनकुटामा एक कार्याशाला गोष्ठि सन्चालन गरेर सुझाव संकलन गरेको छ ।

‘अलैचीका क्षेत्रमा देखिएका चुनौती र यसको असर’ बिषयक १ दिने उक्त कार्याशालामा अलैची बिशेषज्ञ तेज थापाले अलैची खेती र ब्यपारका क्षेत्रमा देखिएका नीतिगत समस्याको जानकारी संगै सुझाव संकलन गरिएको छ । उक्त कार्याशालामा धनकुटाका अलैची कृषक ब्यपारी तथा ट्रेड यूनियनकर्मीहरुले अलैची बोर्डमा गठन,आवद्ध क्षेत्र,संगठनको स्वामित्वको बिषयमा लिखित सुझाव दिएको थिए ।

भोजुर र तेह्रथुम पछि हाल धनकुटामा संन्चालित उक्त सुझाव कार्यक्रम पाँचथर,ईलाम,संखुवासभा र ताप्लेजुङ्गमा सन्चालन गरिनेछ । सात जिल्लाको सुझाव संकलन पछि क्षेत्रीय कार्याशालाको आयोजना गरेर यसलाई अन्तिम रुप दिएर कार्यान्वयनको लागि सरकार समक्ष पेश गरिने आयोजक संस्थाका संयोजक किरण भट्टले जानकारी दिनुभयो ।

हाल नेपालका ४२ जिल्लामा भईरहेको अलैची खेती मध्ये पूर्वी पहाडका ७ जिल्लामा ९४ प्रतिशत खेती हुने भएकाले पूर्वी पहाडको सुझावका आधारमा राष्टिय नीति बनाउन लागिएको भट्टले बताए ।

सन् २०१५ सम्मको तथ्यांक अनुसार नेपालमा बार्षिक १२ हजार ४ सय ५८ हेक्टरमा खेतीबाट ५ हजार १ सय ६६ मेट्रिकटन अलैची उत्पादन हुने उनले जानकारी दिनुभयो ।

हाल नेपालमा ७० हजार घरपरिवार आवद्ध रहेको अलैची खेतीबाट बार्षिक ८ अर्ब भन्दा बढी रकम देश भित्रने कार्यक्रममा जानकारी दिईएको छ ।

अलैची खेतीको बिषयमा सरकारले अलैची निर्देशिका २०६५ ल्याए पनि उक्त बिषय प्रयाप्त नभएकोले अलैची बोर्ड गठन प्रकृया थालिएको वर्ड भिजनका सन्चार प्रमुख लोकेन्द्र भट्टले बताउनु भयो ।

वर्ड भिजन अन्तर्गत गठित पब्लिक प्राईभेट पाटनरसिप संस्थाका धनकुटा अध्यक्ष लाखमान घिसिङ्गको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा अलैची कृषक,ब्यपारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गले अलैचीको क्षेत्रमा देखिएको कुनैपनि समस्यामा नगरपालिकाले सकेको सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । अलैची लगाएत कृषि क्षेत्रका लागि नगरपालिकाले ५० लाख बजेट बिनियोजन गरेको तामाङ्गले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।