बन्दका कारण दैनिक उपभोग्य सामग्री अभाव हुन थालेपछि कोशी पहाडको जनजीवन कष्टकर

धनकुटा, २६ पुस । प्रदेश नं १ को राजधानी धनकुटा बनाउन सरकारलाई दबाब दिन यातायात सेवा बन्दका गरेका कारण कोशी पहाडको जनजीवन कष्टकर बन्दै गएको छ ।

धनकुटा बजारमा आज प्रदर्शन गर्दै कोशी राजर्मागमा निस्किएका धनकुटावासीले जिल्लाका बजार, पसल एवं यातायात ठप्प बनाइएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताउनुभयो ।

धनकुटा सदरमुकामलगायत पाख्रिबास, छथरजोरपाटी, साँगुरीगढी लगायतका बजारसमेत बन्द हुनाका साथै यातायात सेवासमेत ठप्प छ । पटकपटकको बन्दका कारण सुनसरीको धरानबाट कोशी पहाडतर्फ सञ्चालित मालवाहक एवं यात्रुवाहक यातयात सञ्चालन नहुँदा तेह्रथुम, संखुवासभा र भोजपुरका लागि दैनिक उपभोग्य सामग्री अभाव हुन थालेपछि त्यहाँको जनजीवन कष्टकर बन्दै गएको स्थानीयवासीको गुनासो छ ।

बन्दकर्ताले कोशी राजमार्गको धनकुटा सडकखण्डमा टायर बालेर सवारीसाधन रोकेपछि विभिन्न जिल्लाबाट गन्तव्यतर्फ हिँडेका सयौँ यात्रु धनकुटाको भेडेटार र सिधुवा क्षेत्रमा अलपत्र परेका छन् । बन्दमा एम्बुलेन्स, प्रेस, शिक्षण संस्था, दूध र तरकारी बोकेको सवारीसाधन खुला रहेका बताइए पनि विभिन्न ठाउँमा अवरोध भइरहेको गुनासो बढेको छ । गत चार हप्तादेखि प्रदेश राजधानी माग गर्दै आन्दोलनरत धनकुटावासीले आमहडताल गर्न थालेपछि पहाडको जनजीवन कष्टकर बन्दै गएको हो ।

प्रदेशको राजधानीको माग राख्दै धनकुटावासी विगत २६ दिनदेखि आन्दोलित छन्। पर्याप्त सरकारी भौतिक पूर्वाधार र जग्गा भएकोले साबिकको पूर्वाञ्चल विकास क्षेत्रका १६ जिल्लाको सदरमुकामसमेत रहेको धनकुटालाई १४ जिल्लाको केन्द्रका रुपमा अस्थायी राजधानी बनाउनुपर्ने धनकुटावासीको माग छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।