क्षेत्रीय प्रशासक बिरुद्ध रिट दायर गरिंदै, धनकुटामा भोली २ घण्टा चक्का जाम

धनकुटा खबर । प्रादेशिक राजधानीको बिवरण सरकारलाई पठाउँदा धनकुटाको बिषयमा एकलौटी निर्णय गरेर पठाएको भन्दै क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह बिरुद्ध सर्बोच्च अदालतमा रिट दायर गरिने भएको छ ।

बिहिबार भएको आम हडताल पछि धनकुटालाई प्रदेश नं.१ को राजधानी बनाउँ आन्दोलन परिचालन समितिको बसेको बैठकले उक्त निर्णय गरेको हो ।

समितिका संयोजक सुन्दरबाबु श्रेष्ठको अध्यक्षतामा बसेको बैकठले सर्बाेच्च अदालतमा जनाउ दिंदै शुक्रबार उच्च अदालत धनकुटा ईजलासमा उक्त रिट दायर गर्ने भएको छ ।

राजधानीका लागि सिफारिस पठाउँदा सुनसरी र मोरङ्गमा जनप्रतिनीधि राखेर सिफारिस पठाएको तर धनकुटामा भने राजनैतिक दल,जनप्रतिनीधि तथा सरोकारवाला कसैलाई नसोधी निर्णय पठाएको सिंहमाथि आरोप छ ।
तर उता सिंहले भने उक्त निर्णणयमा आफ्नो कुनै हात नरहेको र केन्द्रिय टोलीको नियम तथा नीति अनुसार भौतिक संरचनाहरुको बिवरण पठाईएको बताउँदै आएका छन् ।

गएको २८ दिन देखि जारी आन्दोलन जारी आन्दोलनका क्रममा भोली शुक्रबार ८ देखि १० बजे सम्म २ घण्टा चक्का जाम रहने संघर्ष समितिले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।