धनकुटा जिल्ला फुटवल संघको अध्यक्षमा गोलाप्रथाबाट गोबिन्द राई निर्वाचित
धनकुटा खबर । धनकुटा जिल्ला फुटवल संघको अध्यक्षमा गोबिन्द राई निर्वाचित भएका छन् । संघको पाँचौ अधिबेशन तथा बिशेष साधारणसभाबाट राई निर्वाचित भएका हुन् ।

अध्यक्षका प्रतिष्प्रधिहरु राई र मणि कुमार चेम्जोङ्ग बीच भएको मतदानमा दुबैले ८÷८ मत ल्याए पछि गरिएको गोलाप्रथामा उनी बिजयी भएका हुन् ।
समितिका १५ सदस्य रहने समितका महासचिव,कोषाध्यक्ष र एक महिला सदस्य पछि चयन गर्नेगरी निर्बाचनबाट राई सहित १२ सदस्हरु निर्वाचित भएका छन् ।
बिहिबार भएकोे निर्वाचनमा १ अध्यक्षका लागि २,३ उपाध्यक्षका लागि ४ र ८ सदस्यहरुका लागि १२ उमेद्वार गरी जम्मा १९ जनाले चुनावी प्रतिष्प्रधा गरेका थिए ।
समितिका उपाध्यक्षहरुमा दिपेश खड्का,मनिश्वर गोम्देन, र पदम बहादुर श्रेष्ठ बिजयी भएका छन् । त्यस्तै सदस्यहरुमा रुपेश श्रेष्ठ, उमेश राई,मनोज कुमार ईवाहाङ्ग, खड्ग बहादुर लिम्बु,मंगल सिंह म्याङेबो,आशिस राई,बिमल गुरुङ्ग र युवराज कटुवाल रहेका छन् ।
निर्बाचनबाट उपाध्यक्षका प्रत्यासी रोषनराज आमात्य र सदस्यहरु सरिन प्रधान,बिमसमान आमत्य,राम बहादुर श्रेष्ठ,सुनिल तामाङ्ग पराजित भएका थिए ।
अन्य ३ पदाधिकारीहरु आउने पहिलो बैठकबाट टुंगो लगाईने नव निर्वाचित राईले जानकारी दिए । पूर्व अध्यक्ष धिरेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त अधिबेशनको एन्फाका केन्द्रिय सदस्य देवसिंह बस्नेतले उत्घाटन गरेका थिए । हाल यस फुटवल संघमा जिल्लाका १७ फुटवल क्लवको आवद्धता रहेको संघले जानकारी दिएको छ ।

