को को मारिएका थिए छिन्ताङ हत्या काण्डमा ?

धनकुटा खबर । धेरैलाई चासो र चिन्ताको विषय थियो किन छिन्ताङ हत्या काण्डमा मारिएका व्यक्तिलाई किन सहदि घोषणा गरिँदैन भन्ने ? र यो पनि चासो थियो कि प्रत्येक वर्षको कात्तिक अन्तिम सातामा मात्रै किन छिन्ताङ हत्या काण्डको कुरा उठ्छ भनेर । तर, सरकारले छिन्ताङ हत्या भएको ३८ वर्षपछि बल्ल छिन्ताङ हत्या काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ ।

तत्कालीन शाषकविरुद्ध लागेको अभियोगमा २०३६ कात्तिक २३ देखि २९ गतेसम्म १५ जना सोझा जनता मारिएका थिए । तत्कालीन नेकपा मालेले आफ्नो आधार किल्ला बनाउँदै छिन्ताङमा राजनीतिक गतिविधि तीव्र बनाएको थियो ।

त्यसलाई रोक्ने वहानामा तत्कालीन पञ्चायत सरकारले खोकु, छिन्ताङ र आँखिसल्लाका १५ जनालाई गोली हानी हत्या गरेको थियो । त्यसयता अधिकांस राजनीतिक दलहरुले छिन्ताङ हत्या काण्डलाई राजनीतिक गर्ने माध्यम बनाएका थिए ।

को–को थिए त १६ जना ?
गोपाल आनन्द राई, गंगाबहादुर तुप्रिहाङ, लाखमान साधु राई, झगेन्द्र राई, धनवीर दर्जी, गंगाबहादुर बिश्वकर्मा, गम्भीरमान दर्जी, रणध्वज पुमा राई, गणेश विश्वकर्मा, पुत्रमान राई, भैरव खालिङ, केशरमान राई, बलबहादुर खत्री, चन्द्रबहादुर दमाई र हाङ्खिमा साईली राई छन् ।

रामकुमारी राईलाई भने स्थानीय तहमै पनि सुरुमा सहिद घोषणा गरिएको थिएन । अहिले भने उनलाई पनि सरकारले सहिद घोषणा गरेको छ ।

केके भयो चुनावमा ?
लामो समयदेखि छिन्ताङ हत्या काण्डमा मारिएकाहरुलाई सहिद घोषणा गर्ने काम कुनै सरकारले गरेनन् । मात्र उनीहरुको नाममा राजनीतिक गर्ने माध्यम बनाइरहे । यसैको मौका छोप्यो वर्तमान सरकारले ।

चुनावी अभियानका क्रममा छिन्ताङ पुगेका उद्योग मन्त्री सुनीलबहादुर थापाले गर्वका साथ भनेका थिए, ‘४÷४ जना कम्युनिष्ट पार्टीका नेता प्रधानमन्त्री हुँदा गर्न नसकेको काम म गरेर देखाउँछु ।’

चुनावी अभियानका क्रममा थापालाई छिन्ताङ प्रवेश निषेध गर्ने भनिएको थियो । व्यापक सुरक्षा फौज र युवा दस्ताका साथ छिन्ताङ पुगेपछि कसैले निषेध गर्न सकेनन् । तर, उनको विरोधमा छिन्ताङ मन्दिर प्रवेश गर्ने ठाउँ नजिकै रातो तुलमा ‘छिन्ताङ हत्याको न्यायीक छानविन गर, सहिद घोषणा गर, हत्यारालार्य कारवाही गर’ भनेर लेखिएको थियो ।

तुल टाँगिएको करि ३ सय मिटर टाढा रहेको चुनावी सभामा थापाले भनेका थिए, ‘यो मेरो विरोधका लागि राखिएको होइन, लामो समयसम्म सरकारमा बस्दा आफुले गर्न नसकेको कामको असक्षमता देखाएका हुन्, यो लज्जाको विषय हो ।’

मैले मेरो वाचा पूरा गरे
मन्त्री थापा गत २१ मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा धनकुटाबाट प्रतिनिधिसभा उम्मेदवार बनेका थिए । उनले आफु मन्त्री भएको बेला जसरी पनि छिन्ताङ हत्या काण्डमा मारिएकालाई सहिद घोषणा गरेरै छाड्ने आश्वासन दिएका थिए ।

अहिले सरकारले छिन्ताङ हत्या काण्ड भएको ३८ वर्षपछि १६ जनालाई सहिद घोषणा गरेको छ । यसलाई उनले आफुले चुनावी अभियानका क्रममा बोलेका आफ्ना प्रतिवद्धतालाई पूरा गरेको बताएका छन् ।

सरकारले छिन्ताङ हत्या काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेकोमा धनकुटाका युवा नेता तथा एकीकृत माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य हेमराज भण्डारीले सरकारलाई धन्यवाद दिएका छन् ।

उनले आफ्नो फेसबुक स्टाटसमा भनेका छन्, ‘छिन्ताड़का सम्पूर्ण शहीद परिवार र हामी सबै धनकुटेलीहरूलाई बधाई । सरकारलाई पनि सबै धनकुटावासीको तर्फवाट धन्यवाद दिन चाहन्छु ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।