धनकुटामा अब रिले अनसन : भोली चक्का जाम पर्सी देखि अनसन गरिने

धनकुटा खबर । धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउने आन्दोलन अब रिले अनसनमा परिणत गरिने भएको छ ।

राजधानी संघर्ष समितिका अध्यक्ष सुन्दबाबु श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको बैठकले शनिबार १२ बजे देखि १ घण्टा चक्का जाम गर्ने र त्यसपछि निरन्तर रिले अनसन गर्ने निर्णय गरेको छ ।

शुक्रबार क्षेत्रीय प्रशासक बिरुद्ध दायर गरिने रिट भने समितिले कानुन बिदहरु संघ छलफल गरेर टुंगो लगाउने जनाएको छ ।

उता धनकुटालाई राजधानी बनाउन काठमाण्डौमा पनि रिले अनसन जारी रहेको छ । चौतर्फी दबावका कारण अस्थाई राजधानी तोक्ने सरकारको बैठक पटक–पटक सरिरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।