खोकु–छिन्ताङ्गका १६ जनालाई शहिद घोषणा गरेपछि राजनैतिक जस लिनेको तँछाडमछाड
धनकुटा खबर । हत्या काण्डको ३८ बर्ष पछि खोकु–छिन्ताङ्गका १६ जनलाई राज्यले शहिद घोषणा गरेपछि यसको राजनैतिक जस लिने काममा तँछाडमछाड देखिएको छ ।
सरकारले शुक्रबार उनीहरुलाई शहिद घोषणा गरेपछि धनकुटाका बिभिन्न दलका नेताहरुले सामाजिक सन्जाल मार्फत् त्यसको आ–आफ्ना पक्षमा वकालत र समचार संप्रेशन गरेका छन् ।
यस सन्दर्भलाई फेसबुक मार्फत् नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य तथा धनकुटा जिल्ला पार्टीका पूर्ब ईन्चार्ज हेमराज भण्डारीले शहिद घोषण गर्ने काममा तात्कालिन माओवादी सरकाको पहल रहेको बताएका छन् ।
उनले आफ्नो स्टाटसमा लेखेका छन्–‘तत्कालीन माओवादीको नेतृत्वमा सरकार भएको वेला क.नवराज सुवेदीको नेतृत्वमा राष्ट्रीय शहिद सिफारिश गर्न सरकारले छ सदस्यीय एक ऊच्चस्तरीय आयोग गठन गरेको थियो ।’
त्यस्तै फेसबुक मार्फत् नै नेपाली काँग्रेस धनकुटाका सचिव बिजय सन्तोषी राईले पनि आफ्नो पार्टीका सरकारलाई जस दिलाएका छन् । उनले स्टाटस मार्फत् लेखेका छन्– ‘शहिद घोषणा गरेपछि धनकुटेली जनताहरुले प्रधान मन्त्री शेर वहादुर देउवा प्रति सम्मान गर्दै धन्यवाद ज्ञापन समेत गरेको छन ।’

उता उद्योग मन्त्री तथा राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनिलबहादुर थापालाई यसको जस दिंदै एक अनलाईन खबरले ‘उद्योग मन्त्री थापाको पहलमा शहिद घोषणा’ भनेर मचार प्रकाशन नै भएको छ ।
यस बिषयमा उद्योग मन्त्रीका सोकीय सचिव मदन घिमिरेले धनकुटा खबरलाई फोन गरेर उद्योग मन्त्रीको सिफारिसमा शहिद घोषणा गर्न सफल भएको बताए ।
सामाजिक सन्जाल र सन्चार क्षेत्रमा बिशेष पहुंच राख्ने देशको सबैभन्दा ठूलो दल नेकपा एमालेका नेता तथा कार्यकर्ता भने यस बिषयमा प्राय मौन देखिएका छन् ।
शहिद घोषणाको बिषयलाई सामाजिक सन्जालहरुमा राजनीति गर्ने मेलो,राम्रो काम,बाऊको अपराध छोराले धोएछ जस्ता टिप्पणीहरु देखिएका छन् ।
२०३६ सालमा भोकमारी बिरुद्ध किसानहरूले गरेको यो आन्दोलनमा भएको दमनमा सो समयका पन्चायतकालीन प्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापा प्रधानमन्त्री भएकाले त्यसको दोष थापालाई मानिदैआएको छ ।
ऊक्त हत्याकांडमा गोपाल आनन्द राई, गंगाबहादुर राई, तुप्रीहाड़ राई,लाखमान साधु राई,झगेन्द्र राई,धनवीर दर्जी,गंगा बहादुर बि.क.,गंभीरमान दर्जी,रणध्वज पुमा राई,गणेश बि.क.,पुत्रमान राई, भैरव खालीड़्,केशरमान राई,वल बहादुर खत्री,चन्द्र बहादुर दमाई,हाड़्गखीमा साईली राई र रामकुमारी राईको हत्या गरिएको थियो ।



