निर्धनद्वारा बिमा रकम भुक्तानी

धनकुटा खबर । निर्धन उत्थान बैंक धनकुटा शाखाले आफ्ना एक ऋणीको परीवारलाई बिमा दाबी रकम भुक्तानी गरेको छ ।

बैंकमा आवद्ध धनकुटा नगरपालिका ५ स्थित तल्लो कोप्चे महिला समुहकी बिनिता सुब्बाकी पति सन्जय बहादुर राईको मृत्यु भएपछि बैंकले १२ हजार ६ सय रुपैया भुक्तानी गरेको हो ।

मृतकको निवासमा पुगेर बैंकका शाखा प्रवन्धन्क राजेन्द्र खनाल र समुहकी अध्यक्ष चन्द्र कुमारी श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका थिए ।

एक बर्षे कर्जा लिएकी राईको पतिको १ महिना अघि मोटरसाईकलमा दुर्घटनामा परी मृत्यु भएको थियो ।

बैंकको नीति अनुसार बैंकबाट ऋण लिने हरेक महिलाका श्रीमान्हरुको अमेरिकन ईन्स्योरेन्स कम्पनी मेटलाईट ईन्स्योरेन्स कम्पनीमा बिमा गरिदिने गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।