धनकुटामा फुटबलको विकास गर्न के कस्ता काम गर्नेछन त नवं निर्वाचित अध्यक्ष गोबिन्द राईले ? – हेर्नुहोस् उनको भनाई जस्ताको तस्तै
धनकुटा जिल्ला फुटवल संघको अध्यक्षमा गोबिन्द राई निर्वाचित भएका छन् । संघको पाँचौ अधिबेशन तथा बिशेष साधारणसभाबाट राई निर्वाचित भएका हुन् । समितिका १५ सदस्य रहने समितका महासचिव, कोषाध्यक्ष र एक महिला सदस्य पछि चयन गर्नेगरी निर्बाचनबाट राई सहित १२ सदस्हरु निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी राई र मणिकुमार चेम्जोङ्ग बीच भएको मतदानमा दुबैले ८÷८ मत ल्याए पछि गरिएको गोलाप्रथामा उनी बिजयी भएका हुन् । विजय पश्चात धनकुटा खबरसँग कुराकानी गर्दै राइले धनकुटा जिल्ला फुटबल संघलाई शसक्त बनाई धनकुटामा फुटबलको विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । हेर्नुहोस् भिडियो


