धनकुटा टपरलाई सम्मान !

धनकुटा खबर । आदिवासी पत्रकार महासंघ(फोनिज) धनकुटा शाखाले एस.ई.ई.परीक्षामा धनकुटा टप गर्ने एक बिद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

फनिजको १९ औं स्थापना दिवशको अवसर पारेर गत बर्षको एस.ई.ई.मा ३ दशमलव ८७ जि.पि.ए.अंक लयाएर धनकुटा टप भएका हेन्साङ दोर्जी लामालाई सम्मान तथा पुरस्कृत गरेको हो ।

उनलाई फनिज धनकुटाका अध्यक्ष सन्तवीर लामा,पत्रकार महासंघ धनकुटाका अध्यक्ष सन्तवीर लामा,महासंघका संस्थापक अध्यक्ष सनजय सन्तोषी राई लगाएतले नगद तथा प्रमाण–पत्रले सम्मान गरेका छन् ।

धनपा ६ निवासी १६ बर्षे दोर्जी आमा पनचमायाँ र बुवा सन्तवीर लामाका जेठा छोरा हुन् । कार्यक्रममा फनिज स्थापना दिवश र सममानित दोर्जीलाई बिभिन्न ब्यक्तिहरुले शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा साहित्यकार मुकन्द प्रयास,केजी सुब्बा,प्रेस सेन्टरका ईन्चार्ज नारायण कुमार राई,प्रेस यूनियनका अध्यष यानिन्द्र लिम्बू,प्रदेश उपाधयष स्मीता निरौला, पत्रकार रमेश चन्द्र अधिकारी, फनिजका सल्लाहाकार मोहन बान्तावा, प्रेस यूनियन उपाध्यक्ष बिजय सनतोषी राई, पत्रकार महासंघ धनकुटा उपाध्यक्ष नगेन्द्र राईले शुभकामना मन्तब्य राखेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।