संविधानले सबैको संरक्षण गरेको छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानले सबै भाषा, संस्कृति, परम्परा, धर्मको संरक्षण र सम्वद्र्र्धन गरेको बताउनुभएको छ ।

संविधान दिवस २०७५ को अवसरमा प्रदेशस्तरीय संविधान दिवस मूल समारोह समिति, प्रदेश नं १ विराटनगरद्वारा आज शहीद रङ्गशालामा आयोजित भव्य समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले विभिन्न जातजाति र समुदायको विशिष्ट अवस्थालाई ध्यानमा राखी तिनीहरुको हितको प्रवद्र्धन र पैरवीका लागि छुट्टै व्यवस्था संविधानमा भएको जानकारी दिँदै सामाजिक न्याय प्राप्तिका दिशामा संविधानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गर्नुभयो ।

मूल समारोह समितिको संयोजकसमेत रहनुभएका मुख्यमन्त्री राईले प्रदेशवासी जनताको विकास र समृद्धि, सुशासन र सम्मानको चाहनालाई मूर्तरुप दिन प्रदेश सरकार संवेदनशील छ भन्नुभयो ।

सो अवसरमा प्रदेश प्रमुख प्रा डा गोबिन्दबहादुर तुम्वाहाङको पनि उपस्थिति थियो । कार्यक्रमको प्रारम्भमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय सेवा दल, खेलाडी, बाल क्लब, विभिन्न विद्यालयका विद्यार्थी, सङ्घसंस्था, विभिन्न जातजातिका संस्कृति झल्किने झाँकी प्रस्तुत गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖