बालिका र महिला असुरक्षित भएको भन्दै धनकुटाका महिलाहरुले प्रधानमन्त्रीलाई पठाए सुरक्षा पत्र !

धनकुटा खबर । बालिका र महिलाहरु असुरक्षित भएकाले सुरक्षाका लागी आज नेपाल महिला संघ धनकुटाले नारा जुसुसहित जिल्ला प्रशासन कार्यालय धनकुटा गई सुरक्षाको माग गर्दै सभा गरी प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई सुरक्षा पत्र समेत पठाएका छन ।

सहिद भीम नारायण श्रेष्ठ स्मृती भवन नेपाली कांग्रेस पार्टी कार्यालय धनकुटाबाट महिला र बालिकाहरुको सुरक्षाका लागी माग गर्दै निस्किएको महिला दिदि वहिनीहरुको जुलुसले धनकुटा बजारको विभिन्न भागहरुको परिक्रममा गरी जिल्ला प्रशासन कार्यालय धनकुटामा पुगी सभा गरी प्रमुख जिल्ला अधिकारी सिताराम कार्की मार्फत प्रधानमन्त्री के पी शर्मा ओलीलाई सुरक्षा पत्र बुझाएका छन ।

जिल्ला प्रशासन कार्यालय धनकुटाको परिषदमा भएको सभामा १ नम्वर प्रदेशका सांसद तथा महिला संघ धनकुटाकी अध्यक्ष लिला सुब्बा र नेपाली कांग्रेस धनकुटाको तर्फबाट पार्टी सचिव विजय सन्तोषी राई लगायतले वर्तमान सरकार बालिका र महिलाहरुको सुरक्षा गर्न नसकेको आरोप लगाउदै महिला हिंसाको घट्ना दिन प्रतिदिन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नु भयो । भने कार्यक्रको संचालन र कार्यक्रमको उदेश्यमाथि महिला संघकी केन्द्रिय प्रतिनिधि एवं नेपाली कांग्रेस धनकुटाका सदस्य सिता श्रेष्ठले गर्नु भएको थियो ।

प्रदेश नम्वर १ का सांसद तथा नेपाल महिला संघ धनकुटाका अध्यक्ष लिला सुब्बा,नेपाल महिला संघका निर्वमान केन्द्रिय सदस्य टिकादेवी भण्डारी,नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा जिल्ला सदस्यहरु,अम्विका परियार, सुमना तिम्सिना,वडा नं. ४ का निर्वाचित महिला सदस्य दुर्गा निरौला अधिकारी,वडा नं. ६ का निर्वाचित सदस्य हिरा देवी राई लगायत महिला नेतृहरुले प्रमुख जिल्ला अधिकारी कार्कीको कायकक्षमा गै प्रधान मन्त्री ओलीलाई पठाईदिन आग्रह गर्दै उक्त सुरक्ष पत्र बुझाउनु भएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।