बिद्यार्थीहरुको ताला पछि क्याम्पसले रकम फिर्ता
धनकुटा । नियम बिपरित बढी लिएको शुल्क फिर्ता दिने सहमति पछि धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा लगाएको ताला खुलेको छ ।
शुक्रबार संयुक्त विद्यार्थी संगठन र धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्सबीच भएको वार्ता पछि लागेको ताला खुलेको हो ।
यस वर्षमा प्रति विद्यार्थी हेल्थ असिष्टेन तर्फको ७५ हजार ५ सय, सिएमए तर्फको ४५ हजार र अनमी तर्फको ३५ हजार बढी लिएको शुल्क फिर्ता गर्ने सहमति भएको छ ।

ताला खोल्ने सहमति भएपछि पत्रकार सम्मेलन गरेर क्याम्पसका प्रशासकिय अधिकृत गोविन्द निरौलाले सहमतिका बारेमा जानकारी दिए ।
हेल्थ साइन्सले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद भक्तपुरले तोकेको भन्दा बढी शुल्क लिएपछि कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)ले अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।


