१८ बर्ष पछि धनकुटामा पर्यो हिउँ ! : पाख्रीबास, हिले, जोरपाटी र सिँधुवा हिउले ढपक्कै ढाकिए – हेर्नुस्

धनकुटा खबर । धनकुटाका उच्च पहाडी भेगमा हिउ परेको छ । हिउ परेपछि त्यस क्षेत्रको जनजीवन प्रभावित वनेको छ । अहिले अत्याधिक चिसो वढेको छ । धनकुटाको पाख्रीबास, हिले देखि जोरपाटी, सिँधुवा हुँदै चित्रेसम्मको भाग हिउँले ढाकिएको छ । हिउँले ढाकिएको ती डाँडाहरु सेताम्मे देखिएको सिँधुवाका वासिन्दा नवनित खड्काले बताए ।

हिले मास्तिरको डाँडामा पनि हिउले ढाकिएको छ । धनकुटा सदरमुकाम देखि नै माथिल्लो भागहरुमा हिउले ढाकिएको देखिन्थ्यो । जसको कारण त्यस क्षेत्रमा हिउ खेल्ने आन्तरिक पर्यटकहरुको भीड देखिएको छ । शुक्रवार दिउसो देखि त्यस क्षेत्रमा हिउ परेको सिँधुवाका अर्का स्थानीय दिवेश खड्काले बताए । उनका अनुसार हिउले ढाकिएको डाँडाँहरुमा फोटो तथा सेल्फी खिच्नेको भीड लागेको छ ।

धनकुटा सदरमुकाम देखिको माथिको हिले डाँडामा २०५७ साल यता पहिल्लो पल्ट हिउँ परेको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष तथा हिले वासिन्दा उमेश घिमिरेले बताए । पछिल्लो समय हिउँ पर्न छाडेर तुषारो मात्रै लाग्ने गर्दथ्यो । उनले भने तर अहिले १८ वर्ष पछि हिउ परेको छ । हिले बजारमा क्षेत्रमा अत्याधिक चिसो वढेको छ । चिसो बावजुद पनि हिउ खेल्न आउनेको भीड लागेको छ ।

त्यस्तै सिँधुवामा पनि हिउ १५ वर्ष पछि हिउँ परेको नवनितले बताए । उनका अनुसार २०६० साल यता यस क्षेत्रमा हिउँ परेको थिएन । अहिले हिउँ परेपछि यस क्षेत्रमा आवात जावत बाक्लिएको छ । धरान, धनकुटा बजार देखि मान्छेहरु हिउ खेल्न आएको उनले बताए ।

त्यस्तै यस क्षेत्रको होटलहरु पनि भरिएको छ । सिँधुवा बजारमा रहेको स्वागत होटल सञ्चालक विष्णु पौडेलका अनुसार हिउँ खेल्न आउने मान्छेहरु होटलहरु भरिएका छन् ।

यस क्षेत्रमा दिउँसो २ बजेदेखि हिउँ पर्न सुरु गरेको हो । हिउँ पर्न थालेपछि मान्छेहरु चिसोको प्रवाह नगरी स्थानीयहरु हिउँमा भिज्दै फोटो खिच्न वाहिर निस्किएको खड्काले बताए । उनले भने, २ वजेतिर फाट्टफुट्ट हिउँ परेको थियो । करिव ३ बजेपछि १५ मिनेट मज्जाले हिउँ पर्यो । मान्छेहरु खुसी हुँदै वाहिर निस्किएर हिउमा खेल्ने थाले ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।