राजधानीको माग गर्दै फेरी तात्ने भो धनकुटा !, यस्तो छ कार्यक्रम…

धनकुटा खबर, २ माघ । प्रदेश न १ को राजधानी धनकुटालाई बनाउनु पर्दछ भन्ने अभियान फेरी सुरु भएको छ ।

प्रदेश न १ को राजधानी धनकुटलाई बनाऊ अभियानका संयोजक सुन्दरबाबु श्रेष्ठको अध्यक्षतामा राजनैतिकदल, नागरीक समाज , उद्योगी व्यापारीहरुको आज बसेको भेलाले धनकुटा लाई प्रदेश न १ को स्थाई राजधानी बनाउन माग गरेका छन् ।

उनिहरुले दवाब कार्यक्रम अन्र्तगत भोली १ बजे र्याली सहित बजार परिक्रमा गर्ने निर्णय भएको र त्यस र्यालीमा संघिय संसद, प्रदेश संसद, नागरीक समाज , बजारबासी सम्पूर्ण पेशाकर्मि, धनकुटाबासी लगायत सबै लाई सहभागि हुनका लागी आवाहन गरिएको अभियानका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए ।

भेलामा बोल्दै नेकपाका नेता दुर्गा लिङ्खाले धनकुटा लाई राजधानी बनाउन सबै लाग्नु पर्ने बताए । त्यस्तै अभियानन्ता एवम् नेपाली कांग्रेसका सचिब विजयसन्तोषी राईले धनकुटालाई राजधानी नबनाए सम्म आन्दोलन जारी रहने बताए ।

केहि दिन पहिले धनकुटा आएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र नामाकरण छिटै टुग्गो लगाउने बताएका थिए । त्यसैले पनि अबको आन्दोलनलाई निर्णयक बनाउनु पर्ने अभियान्ता राईको भनाई छ । भोलीको कार्यक्रम पछि बस्ने बैठकले आन्दोलनलाई कसरी अगाडी बढाउने भन्ने बार निर्णय गर्ने संयोजक श्रेष्ठले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।