‘राजधानी’को माग गर्दै धनकुटामा विरोध प्रदर्शन

धनकुटा खबर । प्रदेश न १ को राजधानी धनकुटालाई बनाउन माग गर्दै धनकुटामा आज विरोध प्रदर्शन गरिएको छ ।

प्रदेश न १ को राजधानी धनकुटा लाई बनाऊ अभियानका अन्र्तगत आज धनकुटाको मदन चोक बाट सुरु भएको विरोध र्यालीले बजार परिक्रमा गरी मदन चोकमा आई कोणसभामा परिणत भएको थियो सभा लाई सम्वोधन गर्दै उद्योग बाणिज्य संघ धनकुटाकी उपाध्यक्ष एबम् नेकपाकी नेत्री तारा तितुङ्गले धनकुटा लाई राजधानी बनाउनका लागि अब महिलाहरु सडकमा आउनु पर्ने भनाई थियो ।

त्यस्तै जनमोर्चाका जिल्ला अध्यक्ष तुलमान राईले संघियताको नाममा धनकुटालाई राज्यले हेर्ने दृष्टीको फरक रहेको बताए । सभालाई सम्वोधन गर्दे नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले स्रोत साधन भौतिक पूर्वाधारले सम्पन धनकुटालाई राजधानी घोषण नगरिए धनकुटेलीको आन्दोलनलाई आगोको झिल्को सम्झिए राज्य र त्यस्का संयन्त्रका लागि महगो सावित हुने बताउदै जब सम्म धनकुटालई राजधानी घोषण गरिदैन् तब सम्म राजधानीको लागि आन्दोलन भई रहने बताए ।

त्यस्तै प्रदेश संसद आरसी तुम्वाले धनकुटा लाई राजधानी बनाउनका लागि आफूले प्रदेश सभामा खवरदारी जारी राख्ने बताए । प्रदेश न १ को राजधानी धनकुटा लाई बनाऊ अभियानका संयोजक सुन्दरबाबु श्रेष्ठले धनकुटाको अधिकार खोसिएको आजको दिन धनकुटाका लागि कालो दिन भएको बताउदै राजधानीमागको आन्दोलन अब निर्णयक हुने र धनुकटेलीले यस लाई निर्णयक बनाएर छाड्ने उत्घोष गरे ।

र्यालीमा प्रदेश संसद, नागरीक समाज , बजारबासी विभिन्न पेशामा आवद्ध पेशाकर्मि धनकुटाबासी लगायतको सहभागिता रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।