जनसंवादका लागि धनकुटा आऊँदै पूर्व प्रधानमन्त्री बाबुराम !

धनकुटा खबर । देशको समसामयिक बिषयमा छलफलका लागि पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई १८ गते धनकुटा आउने भएका छन् ।

पार्टीले जनसंवाद माघ १५ गतेदेखि शुरु गरेको १ महिने जनसंवाद यात्राका क्रममा भट्टराई सहित ४० जनाको टोली धनकुटा आउन लागेको हो ।

अभियानका क्रममा: कागते र हिलेमा कोण सभा, स्थानीय तहका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिसँग भेटेर संघीयता कार्यान्वयन र स्थानीय समस्याबारे छलफल गर्ने नयाँ शक्तिको तयारी छ ।

पार्टीले अंगालेको वैकल्पिक विचार,समावेशी,समृद्धिको खाका र अवधारणा प्रष्टसँग आमजनतामा र्पुयाउनु, संघीयताका बारेमा आम जनतालाई प्रशिक्षित गर्नु, देशको युवा पंक्तिसँग सिधा सम्बन्ध स्थापित गरी युवा शक्तिको विदेश पलायन रोक्ने बिषयमा अभियानका क्रममा छलफल हुने केन्द्रीय परिसद सदस्य बिकास घिमिरेले जानकारि दिनुभयाे!

मध्यपहाडी लोकमार्ग हुँदै पूर्वको पाँचथरबाट सुरू भएर पश्चिमको बैतडी झुलाघाट सम्मको १ हजार ७ सय ७६ किमी यात्रा गरेर जनतासँग संवाद कार्यक्रम सकिने नयाँशक्तिले जानकारी दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।