भोली धनकुटाको कागतेमा निःशुल्क क्यान्सर परिक्षण शिविर हुने
धनकुटा खबर, ९ बैशाख । नेपाल अर्बुद रोग निवारण संस्था, धनकुटाको आयोजनामा धनकुटाको कागतेमा बैशाख १० गते निःशुल्क क्यान्सर रोगको परिक्षण शिविर हुंने भएको छ ।
बैशाख ७ गते नेपाल अर्बुद रोग निवारण संस्था केन्द्रिय समिति र भक्तपुर क्यान्सर अस्पतालको टोलीले सिराहाबाट शिविर शुरु गरेको संस्थाले भोली कागतेमा स्वाथ्य शिविर गर्ने भएको केन्द्रिय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ ईश्वरले जानकारी दिए । बैशाख १० गते धनकुटा नगरपालिका वडा नं. ३ व्यवस्थावनमा कागतेमा स्वाथ्य शिविर गरिने निश्चित भएको वडाध्यक्ष विकास घिमिरेले जानकारी दिए ।
यसैगरी लोकतन्त्र दिवसका दिन अर्थात बैशाख ११ गते धनकुटा अस्पतालमा समेत स्वाथ्य शिविर गरिने बताईएको । सो परिक्षणमा महिलाको विशेषगरी पाठेघर क्यान्सरसम्बन्धि परिक्षण गरिने स्थानीय सहयोगी संस्था प्रस्ताविक लेडी जेसिजका अध्यक्ष प्रमिशा श्रेष्ठले जानकारी दिईन ।
यसका साथै शिविरमा गाईनो सम्बन्धि, प्यापस्मेयर परिक्षण, भिआईए परिक्षण, पाठेघरको रिंग प्रोल्याप्स सम्बन्धि परिक्षण गरिने छ ।


