धनकुटाको छथरजोरपाटीमा कु’ष्ठरोग सम्वन्धि अभिमुखीकरण

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा आज कुष्ठरोग सम्वन्धि अभिमुखीकरण तथा योजना तर्जुमा छलफल सम्पन्न भएको छ ।

छथरजोरपाटी गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (NLR) को लगत साझेदारीमा भएको अभिमुखीकरणमा सो गाउँपालिका भित्र कुष्ठ रोगीहरुको खोजपड्ताल गर्ने, यदी यो रोग लागेको विरामी फेला परे उनीहरुलाई औषधि उपचार गर्ने लगायतको वारेमा छलफल भएको स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डङ्गोलले जानकारी दिनुभयो ।

प्रमुख डङ्गोलका अनुसार छथरजोरपाटी गाउँपालिका क्षेत्रमा अहिले यो रोगको संक्रमित विरामी खासै छैनन् । तर (NLR) को तथ्याङ्क अनुसार करिव १० वर्ष अघि यो गाउँपालिकाको तेलिया, ताङखुवा, हातिखर्क लगायतका स्थानमा १० जना विरामी फेला परेका थिए । त्यसैले सोही तथ्यातथ्याङ्कको आधारमा ती क्षेत्रमा विरामीको खोजपड्ताल गर्ने र संक्रमित व्यक्ति पाईए औषधि खुवाउने, कुष्ठ रोग विरुद्धको कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरिएको छ ।

गाउँपालिका प्रमुख शेर वहादुर लिम्वुको अध्यक्षतामा सञ्चालित अभिमुखीकरणको सहजीकरण (NLR) का को-अर्डिनेटर माधवराज भट्टले गर्नुभएको थियो ।

अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण पदाधिकारी सहित विषगत शाखा महिला विकास र शिक्षा शाखाका प्रतिनीधि,अपांग संघका फिल्ड को-अर्डिनेटर,सरोज नेपाली लगायतको उपस्थिती थियो । स्वास्थ्य शाखा प्रमुख डङ्गोलका अनुसार कुष्ठरोग व्याक्टेरियाको माध्यमवाट सर्ने रोग हो ।

तस्विर : स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डङ्गोलको सामाजिक सञ्जालबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖