हिले माविमा ६ सय बढी विद्यार्थीको स्वास्थ्य परिक्षण गरियो

धनकुटा खबर । हिले माद्यमिक विद्यालय धनकुटा १ हिलेको ६ सय वढी विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको छ । विद्यार्थीहरुलाई स्वस्थ्य सम्वन्धि जानकारी दिने उद्देश्यका साथ हिले माद्यमिक विद्यालयको आयोजना तथा उज्यालो सामुदायिक पोलिक्लिनिक धनकुटा १ हिले को सहयोगमा सञ्चालित दुइ दिने निशुल्क स्वस्थ्य परिक्षण शिविरमा उल्लेखित संख्याका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा पेट दुख्ने, अकस्मात ढल्ने जस्ता समस्या देखिएपछि स्वास्थ्य शिविरको आयोजना गरिएको विद्यालयका प्रधानध्यापक खगेन्द्र प्रसाद आचार्यले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा शिसु कक्षा देखि वि।वि।एस सम्मका विद्यार्थीहरुले स्वस्थ्य जाच गराएको प्रधानाध्यापक आचार्यले वताउनुभयो ।

स्वास्थ्य जाँचको क्रममा विद्यार्थीहरुमा आखा कमजोर, टन्सिल, ज्वरो, पेट दुख्ने जस्ता समस्या देखिएको सिविरमा सेवा दिनुभएका डा। प्रदिप श्रीवाल विकले बताउनु भयो । आखा कमजोर भएका विद्यार्थिहरुलाई आखा हस्पिटल जान सल्लाह, सुझाव दिएको डा विकले बताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।