धनकुटा कारागारमा रहेका कै’दीब’न्दीहरुको नि:शुल्क आँखा जाँच
धनकुटा खबर, असोज ४ । धनकुटा कारागारमा रहेका कैदीबन्दीहरुको आज नि:शुल्क आँखा जाच गरिएको छ । संविधान दिवसको अवसर पारी नेपाल नेत्र ज्योती संघ धनकुटाले कारागारमा रहेका ५९ जना कैदी बन्दीहरुको नि शूल्क आँखा जाँच गरेको नेपाल नेत्र ज्योती संघ आखा शिविर व्यवस्थापन तथा समन्वय समितिका संयोजक विजय सन्तोषी राईले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख टंक चौहान र प्रमुख जिल्ला अधिकारी डा कृष्ण घिमिरेको आखा परिक्षण गर्दै शिविरको उद्घाटनगरिएको थियो। नेत्र ज्योती संघ धनकुटाका अध्यक्ष दोर्ण गुरागाईको अध्यक्षतमा सञ्चालित आखा जाच शिविरमा धनकुटा जिल्ला समन्वय समितिका प्रमुख चौहान,प्रमुख जिल्ला अधिकारी घिमिरे सहित जिल्ला प्रहरी कार्यालय धनकुटाका एस पी सुर्दशन कोईराला, बरखगणका सेनानी सुरेन्द्र वहादुर कार्की, नापी कार्यालय धनकुटाका प्रमुख मिथलेश यादव,नेपाल नेत्र ज्योती संघ धनकुटाका कोषाध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ,धनकुटा कारागारका प्रमुख राम प्रसाद नेपाल,सामुदायिक बन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष नील वहादुर थापा लगायत कारागारका कैदी बन्दीहरुको उपस्थिती थियो ।
नेपाल नेत्र ज्योती संघ,डा. राम प्रसाद पोखरेल आखा अस्पताल धनकुटाका नेत्र स्वास्थ्य प्राविधिक डोनराज गुरुङ्ग नेतृत्वको नेत्र स्वास्थ्यकर्मी टोलीले धनकुटा कारागारमा नि:शुल्क आखा परिक्षण सेवा प्रदान गरेको थियो ।


