धनकुटाको तेलियामा आवास सहितको स्वास्थ्य चौकी उद्घाटन, गुणस्तरिय सेवा प्रदान गर्न सुझाव

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिका ४ तेलियाको नवनिर्मित स्वास्थ्य चौकी भवनको आज उद्घाटन गरिएको छ । तेलिया स्वास्थ्य चौकीको आयोजनामा भएको एक कार्यक्रमको वीच प्रतिनीधिसभाका सदस्य राजेन्द्र कुमार राईले नवनिर्मित आवास सहितको दुई तले १४ कोठे भवनको उद्घाटन गर्नुभएको हो ।

उहाँले रिवन काट्दै भवनको उद्घाटन गर्नुभएको थियो । भवन उद्घाटनपछि कार्यक्रममा वोल्दै प्रतिनीधिसभा सदस्य राईले स्वास्थ्यचौकीमा गुणस्तरिय सेवा प्रदान गर्न सुझाव दिदै सरकारले अहिले व्यवसाय मूलक शिक्षामा जोड दिईरहेको जानकारी गराउनुभयो । उहाँले यसअघि सञ्चालित युवा स्वरोजगार कार्यक्रम व्यवस्थित हुन नसकेकोले अव त्यसलाई व्यवस्थित गरी देशरहेका वेरोजगार युवाहरुलाई रोजगारीको अवसर सृजना गर्न तर्फ सरकार लागीरहेको पनि वताउनुभयो ।

त्यस्तैगरी छथरजोरपाटी गाउँपालिका प्रमुख शेर वहादुर लिम्वुले चुनावको वेला आफुहरुले जनता समक्ष गरेको प्रतिवद्धता पूरा गर्दैगएको वताउनुभयो । उहाँले कर्मीटार हुँदै परेवादिन तर्फ जाने सडक प्रदेश सरकारको क्रमागत योजनामा समेटीएकोले अव चाडै वन्ने पनि जानकारी गराउनुभयो । उहाँले यो सडक निर्माणले त्यस क्षेत्रको जनताको दैनिकीमा सकरात्मक प्रभाव पार्ने वताउनुभयो । त्यस्तै जिल्ला समन्वय समितिका सदस्य शिव आङलाले स्वास्थ्यचौकी भवन निर्माण भएकोमा खुशी व्यक्त गर्दै त्यहाँका जनतालाई गुणस्तरिय स्वास्थ्यसेवा प्रदान गर्न सम्वन्धित पक्षलाई सुझाव दिनुभयो ।

यता नेकपा छथरजोरपाटीका अध्यक्ष ईन्द्र सारुमगरले शिक्षा,स्वास्थ्य जस्ता अनिवार्य आवश्यक्ताका कुराहरुको अभावमा ४ नं क्षेत्रका स्थानिय वसाई सरिरहेको भन्दै अव सरकारले यी सेवाहरु सहज तरिकाले स्थानिय स्तरमै उपलव्ध गराएपछि वसाईसराईको क्रम रोकिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम कै अवसरमा स्वास्थ्य चौकी भवन निर्माणका लागि यो भवन संघीय आयोजना कार्यन्वयन ईकाई विराटनगर अन्र्तगत १ करोजग्गा प्रदान गर्नुहुने सिद्धिमान तामाङ र स्व. किर्तिमान तमाङकी श्रीमति गंगामाया तामाख् लाई सम्मान गरिएको थियो ।

यसैवीच उपाध्यक्ष सँग सुत्केरी पोषण कार्यक्रम अन्र्तगत वडा नं ४ का वसन्ति लिम्वुलाई ५ प्याकेट सेनेटरी प्याड,वच्चाको लागि एक थान झुल सहित नगद २८ सय प्रदान गरिएको छ । कार्यक्रममा हरिराज खेवा स्मृती प्रतिष्ठानका अध्यक्ष विष्णु लिम्वु,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद अर्याल,स्वास्थ्यशाखा प्रमुख सुन्दरमान डङगोल, निर्माण व्यवसायी संघ धनकुटाका अध्यक्ष अर्जुन केसी लगायतकाले शूभकामना मन्तव्य राख्नुभएको थियो ।

स्वास्थ्य चौकी भवन संघीय आयोजना कार्यन्वयन ईकाई विराटनगर मोरङ अन्र्तगत १ करोड ६३ लाख ४९ हजार ७ सय ५५ रुपयाँ वरावरको लागतमा निर्माण भएको हो । यहाँ यो सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन वनेपछि स्वास्थ्य सुविधामा स्थानियलाई थप सजिलो हुने अपेक्षा गरिएको छ । भवन उद्घाटन कै दिन १६ जना लाई स्वास्थ्य सेवा पनि दिईएको छ । भवन उद्घाटन कार्यक्रमको सञ्चालन सामाजिक परिचालक शंकर प्रसाद ओझाले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖