यसरी मान गु’माउँदै माननीयहरू !
काठमाडौं । यौ’न दु’र्व्यवहार आ’रोप लागेपछि कृष्णबहादुर महराले सभामुख पद मात्र गु’माएनन्, प्रहरी हि’रासतमै पुगेका छन्। उनी तत्कालीन माओवादीबाट दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
कांग्रेसका तर्फबाट रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित मो. अफ्ताब आलम १२ वर्षअघिको घ’टनामा ता’निएका छन्। आइतबार प’क्राउ परेका उनी पनि हि’रासतमै छन्। पहिलो संविधानसभा चुनावका बेला ब’म वि’स्फोटका घा’इतेलाई इँटाभट्टामा हा’लेर मा’रेको अ’भियोग उनलाई लागेको छ।
राष्ट्रिय जनता दल (राजपा)का तर्फबाट सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रमोदकुमार साहलाई मंगलबार मात्रै प्रहरीले प’क्राउ गरेको छ। जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टरमा तो’डफोड गरेको आ’रोप उनमाथि लागेको छ।
कानु’न बनाउने महत्वपूर्ण जिम्मेवारीमा रहेका जनप्रतिनिधि एकपछि अर्को गरी प’क्राउ पर्न थालेका छन्। यौ’न दु’र्व्यवहारदेखि व्यक्ति ह’त्याजस्ता ज’घन्य अ’पराधमा तानिनुले नेताहरूमा नै’तिकताको प्र’श्न उठ्न थालेको छ।
‘ल मेकर नै ल ब्रे’कर भएपछि यस्ता घटना दोहोरिरहन्छन्’, विश्लेषक चन्द्रदेव भट्ट भन्छन्, ‘आममान्छेले सोच्न पनि नसक्ने घ’टनामा सांसदको नाम जोडिएर नियमितजसो प’क्राउ पर्नुले राजनीतिमा नैतिक आ’चरणको ख’डेरी रहेको प्रस्ट हुन्छ।’ यो समाचार आजको अन्नपुर्ण पोष्टमा छ ।


